ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीयपक्षघात समुह नेपाल (Spinal Cord Injury Network Nepal) लाई रु ३ लाख रुपैंया सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंककानायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेकहस्तान्तरण गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।



