काठमाडौं । भूकम्पले काठमाडौं उपत्यका हल्लाएको छ । शुक्रबार बिहान ८ः३६ बजे दोलखाको जिरी नजिक केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्पको धक्कालाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ०७२ सालको भूकम्पको परकम्प भएको जनाएको छ ।
यो भूकम्पको धक्का दोलखा आसपाससंगै काठमाडौं उपत्यका हल्लाएको हो ।
यो परकम्पसहित ०७२ को भूकम्पका ४ रेक्टर स्केलदेखि माथिका ४८८ वटा परकम्प आइसकेका छन् ।



