🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परियारले बाजी मारेपछि युनियनमा पहिरा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनलाई पाखा पारेर अमेरिकामा पत्रकारिता सम्बन्धी एक वर्षे तालिम समेत लिएका युवा पत्रकार गोविन्द परियारलाई प्रधानमन्त्री शेरवहादुर देउवाले वरिष्ठ संचारविज्ञ(विशिष्ट श्रेणी सरह सेवा÷सुविधा पाउने गरी)मा नियुक्त गरेपछि नेपाली कांग्रेस निकट प्रेस युनियनका पत्रकारहरूकाबीचमा हलचल मच्चिएको खबर छ । शेरवहादुर देउवा निकट भनिदै आएका प्रेस युनियनका वर्तमान अध्यक्ष बद्री सिग्देल र पूर्व अध्यक्ष समीर जंग शाहीहरूलाई चक्मा दिंदै तनह“ुका स्थानीय परियारले आपूmभन्दा माथि कुनै पनि ब्यक्ति प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति हुने छैन भन्ने सर्तमा राखेर नियुक्ति लिन सफल भएको  प्रेस युनियनका एक पदाधिकारीले बताए । 
युनियनका नेतालाई चोट 
आरजु राणाका ब्यापारिक साझेदार, नेपाल न्युज नेटवर्क इन्टरनेशनल प्रालि(अन्नपूर्ण पोष्ट)का अध्यक्ष तथा प्रबन्ध निर्देशक रामेश्वर थापाको प्रस्ताव र आरजु देउवाको सिफारिसमा प्रधानमन्त्री शेरवहादुर देउवाले वरिष्ठ संचारविज्ञका रुपमा दलित परिवारका चर्चित युवा पत्रकार परियारलाई नियुक्त गरेपछि बद्री सिग्देल र समीर जंग शाहीहरूलाई भयंकर चोट परेको चर्चा आजभोलि प्रेस युनियनमा हुने गरेको छ । 
वरिष्ठ पत्रकारद्वय जिल्लाराम †
प्रधानमन्त्री शेरवहादुर देउवाको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा वरिष्ठ पत्रकारद्वय किशोर नेपाल र सुरेश आचार्यको चर्चा चलेको थियो । तर, नेपाल र आचार्यको चाकडी गर्न ढोकाढोका धाउने, जीहजुरी गर्ने, मागेर पद लिने प्रवृत्ति र स्वभाव नभएका कारण आरजुले मन नपराउने भएकाले यी दुबै वरिष्ठ पत्रकार प्रधानमन्त्री शेरवहादुर देउवाको प्रेस सल्लाहकारका लागि अयोग्य भए भन्ने चर्चा पनि प्रेस युनियनका पत्रकारहरूबीच हुने गरेको छ । 
‘शुक्रबार’लाई बाईबाई 
नेपाल रिपब्लिक मिडियामार्फत प्रकाशित हु“दै आइरहेको मनोरञ्जनात्मक साप्ताहिक पत्रिका ‘शुक्रबार’को सम्पादक सहितको समूह नै पत्रिकाबाट बाहिरिएको छ । सिंगो टिमले नै पत्रिका छाडेर हि“डेपछि व्यवस्थापनले ‘शुक्रबार’ निकाल्न नया“ दस्ता खडा गरेको खबर छ । 
किशोर नेपालले ‘शुक्रबार’ छाडेपछि सम्पादकको रुपमा सफल भूमिका राजन नेपालले पत्रिका छाडेर हिंडेका छन् । उनको टिममा रहेका अन्य पत्रकार पनि राजनस“गै बाहिरिएका छन् । यसरी बाहिरिनेमध्येका एक  विनोदविक्रम केसी पनि हुन् । उनी शुक्रबारमा डेस्क सम्हाल्दै आइरहेका थिए । संगीता श्रेष्ठ, रामकुमार केसी, सिर्जना खड्कालगायतले पनि शुक्रबारलाई बाईबाई गरेका छन् ।  
तलबलगायत विषयमा मालिक विनोद ज्ञवालीसंग कुरा नमिलेपछि सिंगो समूह नै बाहिरिएको नागरिकतिर चर्चा छ । शुक्रबार छाडेपछि केही पत्रकार नया“ निस्कन लागेका मनोरञ्जनात्मक पत्रिकातिर लागेका छन् भने सम्पादक राजन सहित केही चाहिं एनजीओको जागिरतिर ब्यस्त छन् । 
पुरानो समूह बाटो लागेपछि नागरिकमा लामो समयदेखि जगेडा बस्दै आइरहेका विश्वमणि सुवेदीलाई शुक्रबारको  कमान्ड सम्हाल्ने जिम्मा नेपाल रिपब्लिक मिडियाका साहजीले दिएका छन् ।