🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग

विराटनगर, ९ पुस (रासस) : नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण  उद्योग र व्यापारमा समस्या  आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ । 

    नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान रोकिएपछि यहाँका उद्योगी र व्यापारी समस्यामा परेका छन् ।

     विराटनगर रानी भन्सारदेखि करीब पाँच किमी दक्षिण भारतको विहारमा रहेको सो पुलबाट पूर्व क्षेत्रका उद्योगी र व्यापारीले मालसामान ढुवानी गर्ने गरेका छन् ।

पुलको बारेमा मोरङ व्यापार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पुलको मर्मतसम्भार नहुञ्जेलसम्म भीमनगरको बाटो प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले लामो समयदेखि यो पुल बन्नुपर्ने हाम्रो समस्याका बारेमा परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पनि जानकारी गराइसकेको बताउनुभयो । यहाँका उद्योग र व्यापार ठप्प हुने अवस्थामा पुगेको छ, यसमा सरकारले छिट्टै पहल गर्नुपर्ने उहाँले आग्रह समेत गर्नुभयो ।

    भारतका विभिन्न स्थान तथा तेस्रो मुलुकबाट यस क्षेत्रका लागि आउने मालसामान अन्यत्रबाट मगाउँदा महङ्गो हुने र उपभोक्तालाई आर्थिकभार पर्ने भएकाले यसमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे पत्रकार सम्मेलनमा बताउनुभयो । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले मीरगञ्ज पुल यस क्षेत्रको उद्योग र व्यापारीका लागि मात्र नभएर आम नागरिक तथा उपभोक्ताका लागि पनि आवश्यक छ भन्नुभयो ।

उहाँले भारत सरकारले ठुल्ठूला सडक, पुल बनाउन सक्ने र  मीरगञ्ज नदीमा पुल बनाउन नसक्ने भने होइन तर यसका लागि भारत सरकारले किन ढिलाइ गरेको हो बुझ्न नसकेको टिप्पणी गर्नुभयो ।  
–––