🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालगञ्ज कारागारका महिला बन्दी आन्दोलित

कोहलपुर, ५ पुस (रासस) : बाँकेको नेपालगञ्जस्थित कारागारका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन् । चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू पुस ४ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कारागारका चौकीदारलाई महिला बन्दीले बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् । उहाँले भन्नुभयो, “वार्ताका लागि हामीले महिला बन्दीसँग अनुरोध गरिरहेका छौँ तर, उहाँहरू वार्तामा आउनु भएको छैन ।” निमित्त जेलर पौडेलले पुस ४ गते नै  बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई घटनाबारे जानकारी गराउनुभएको थियो ।

यसअघि पुरूष बन्दीले आन्दोलन गरेका कारण जेलर, चौकीदारलगायतका कर्मचारीको सरूवा गरिएको थियो । गत मङ्सिरको दोस्रो साता बाँके कारागार जेलरविहीन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको जानकारी दिनुभयो । तर, जिम्मेवारी दिइएका श्रेष्ठ अहिले पनि कारागार बाँके पुग्नुभएको छैन ।
–––