🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा स्थायी कमिटी  : सरकार र पार्टीलाई प्रभावकारी बनाउ

काठमाडौँ, २ पुस (रासस) : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रह्यो ।

    पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा भएको बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि आज १२ स्थायी कमिटी सदस्य र आमन्त्रित सदस्यले विचार राख्ने क्रम जारी रहेको हो । नेकपाको स्थायी कमिटीको बैठक एक वर्षपछि गत मङ्सिर २९ गतेदेखि शुरु भएको हो । 

उहाँहरुले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावसहित धारणा राख्नुभयो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीपकुमार ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा पुष्पराज कँडेलले आफ्ना विचार राख्नुभएको थियो । 

उहाँहरुले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित र सङ्गठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीका आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारका कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा जोड दिनुभएको थियो । सदस्यहरुले बोलिसकेपछि अध्यक्ष र वरिष्ठ नेताहरुले जवाफ दिनुहुनेछ ।

बैठकका लागि राजनीतिक प्रतिवेदन र विधान संशोधनका साथै नेपाल–भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । विधान संशोधन प्रस्तावमा पार्टीको तत्कालीन कार्यनीति समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने शब्दावली प्रस्तावनामा थपिएको छ भने उपाध्यक्ष पद सिर्जना गरी सो पदमा नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ । स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेछ ।
–––