🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाबुराम र सुधीरको जुहारी 

काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको माओवादी, राजदरबार र नयाँदिल्लीबारेको भित्री पाटो समेटिएको The Nepal Nexus : An Inside Account of the Moists, the Durbur and News Delhi नामक पुस्तकको अंग्रेजी संस्करण प्रकाशन भएसँगै यसले आमसञ्चार, बौद्धिक क्षेत्र तथा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ । 

हालै समाजवादी पार्टी, नेपालका केन्द्रीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्वीटर Baburam Bhattarai @brb1954 मा ट्वीट गर्दै “सुधीर शर्माको Nepal Nexus fiction भैदिएको भए निकै राम्रो मान्न सकिन्थ्यो तर समकालीन नेपालको जीवन्त इतिहाससँग सम्बन्धित लयल(ाष्अतष्यल भएकाले यसको मूल स्पिरिट गलत र हानिकारक छ † नेपालको सबै लोकतान्त्रिक÷क्रान्तिकारी आन्दोलन बाहिरी डिजाइनमा भएका थिए भन्नु नेपाल र नेपालीको घोर अपमान हो †” भन्ने रोचक टिप्पणी गरे ।

डा. भट्टराईले ट्वीट गरेको एक घन्टापछि सम्पादक शर्माको डा. भट्टराईको टिप्पणीमाथिको प्रतिक्रियास्वरूप आफ्नो ट्वीटरबाट Sudheer Sharma @sudheerktm मा रोचक ढंगको जवाफ दिए । शर्माले सो ट्वीटमा भनेका छन्, “डाक्टर साब, यो रियालिटी शो होइन हौ, आवेशमा नआउँदै राम्रो † मैले विभिन्न घटनाक्रम र तिनमा जोडिएका पात्रका देखिने–नदेखिने भूमिका थोरैमात्र खोतलेको हो, तपाईंलाई चित्त नबुझ्न पनि सक्छ, म बुझ्न सक्छु । तर मैले लोकतान्त्रिक आन्दोलनलाई कसैको डिजाइनमा भनेको छैन, तथ्य तोडमरोड नगर्नूस् †”

त्यसअघि कान्तिपुर पब्लिकेसन्स प्रा.लि.कै सहप्रकाशनका रूपमा रहेको ‘नेपाल’ साप्ताहिकका सम्पादक बसन्त बस्नेतलेBasanta Basnet @basntabasnet बाट यससम्बन्धी रोचक बहसको सुरुवात गर्दै डा. बाबुराम भट्टराईप्रति लक्षित ट्वीटमा भनेका थिए, “डा. साब, यहाँ मानिसहरूलाई विकल्प चाहिएको छ, विकल्पको भम्र होइन । मानिसहरूलाई स्याउ चाहिएको छ, स्याउको चित्र होइन ।” भनेका थिए ।

आफ्नो पुस्तकलाई रियालिटी शो नभएको र वास्तविकता सार्वजनिक गर्न बाँकी नै रहेको दाबी गर्ने सम्पादक शर्माले रियालिटीमा आधारित घटनाक्रमहरू समेटिएको पुस्तक सार्वजनिक गर्लान् त ? वा डा. भट्टराईलाई प्रत्युत्तर दिने उद्देश्यका साथ मात्र उनले यसो भनेका हुन्, त्यो चाहिँ हेर्न बाँकी नै छ । तर यो रोचक बहसको शृंखलाले पाठकवर्ग भने लाभान्वित हुने नै छ ।