🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गगन अस्पतालबाट सीधै चुनावी सभामा : गम्भीर घाइते केही कार्यकर्ताको उपचार हुँदै

काठमाडौं, २०७४ मङ्सिर १८ सोमबार।  मङ्सिर १८ गते बिहान कांग्रेस उम्मेदवार एवं नेता गगन थापा बुढानीलकण्ठ नगरपालिका अन्तरगत  चपलीमा घरदैलो कार्यक्रममा रहेको अवस्थामा भएको बम प्रहारबाट गगनसहित एक दर्जन कार्यकर्ता  घाइते भएका छन् ।

कार्यकर्ता ध्रुब खड्कालगायतको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । विष्फोटमा बमको छर्रा लागेर थापाको गर्धन र ढाडमा चोट लागेको अस्पताल स्रोतबाट थाहा भएको छ । गगन अस्पतालबाट सोझै  काठमाडौं सिफलको चुनावी कार्यक्रममा सहभागी हुन गएको थाहा भएको छ। 

घाइते हुने कार्यकर्ता र स्वयम् सेवकहरुमा ध्रुव खड्का,  रेणु बरुवाल, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, ,श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा लगायत रहेको थाहा भएको  छ।

घाइतेहरुको महाराजगंजस्थित शिक्षण अस्पतालमा  उपचार भैइरहेको छ भने टिचिङ् अस्पताल बाहिर कार्यकार्ता, शुभ चिन्तकहरुको  ठूलो संख्यामा  उपस्थिति  रहेको छ ।

 गगनका चुनावी प्रतिद्वन्द्धी डा. राजन भट्टराईले आफ्नो चुनावी प्रतिस्पर्धालाई भुलेर टिचिङ् अस्पतालमा गई थापाको स्वास्थ्य लाभको कामना गर्न जाँदा त्यहाँ उपस्थित कार्यकर्ता र स्वयम् सेवकहरुले अवरोध गर्न खोजेको थाहा भएको छ।  डा. राजनले सो क्रममा थापासहित घाइते कांग्रेसी कार्यकर्ताको शिघ्र स्वाथ्यलाभको कामना गरेका थिए।  त्यसैबीच गगनका कार्यकर्ताले डा. राजन र प्रदेश सभाका उम्मेदवार कुसुम कार्कीविरुद्ध नारा लगाउने कोसिस गरेका थिए।  प्रहरीले तत्काल स्थिति आफ्नो नियन्त्रणमा लिएको बताइन्छ।