🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेना सवार बस दुर्घटनामा तीस घाइते

कावासोती, २८ मङ्सिर (रासस) : पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ  छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३०  सेना घाइते भएका छन् ।

ना ६ ख ४०४ नंको बस आफैं अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । 
–––