🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रजिष्ट्रार र रेक्टर खोज्दै उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलतिमा नियुक्त भएको झन्डै एक महिना भइसक्दा पनि उपकुलपति धर्मकान्त बास्कोटाले आशा लाग्दो गति भने विश्वविद्यालयलाई दिन सकेका छैनन् । असारमा हुनुपर्ने त्रिवि सिनेट बैठक सरकारी अवरोधका कारण रोकिएको थियो । त्यही सिनेट बैठक बसाएर २३ अर्बको बजेट पारित गर्न भने सफल भएका छन् । कर्मचारी र प्राध्यापकले तलबभत्ता बुझ्नसमेत समस्या हुन थालेपछि सिनेट बैठक बसेर बजेट पारित गरिएको हो ।

२०७६ मंसिर १३ गते शुक्रवार बसेको सिनेट बैठकमा कुलपति तथा प्रधानमन्त्री केपी ओली उपस्थित हुन नसक्ने भएप्छि सहकुलपति तथा शिक्ष्ाँमन्त्री गिरिराजमणि पोखरेल सहभागी भए । उपकुलपति बास्कोटाले एक महिनामा गरेको महत्वपुर्ण कामभित्र सिनेट बैठक पर्छ । यो वीचमा विभिन्न तह र दलनिकट कर्मचारी, विभिन्न दलनिकट प्रँध्यापक संगठनसहित विभिन्न डीनहरूसूग छलफल गरेका छन् । 

 खासमा त्रिविमा राजनीति घुसाएर अध्ययन, अध्यापनमा असर पार्ने विभिन्न दलनिकटका विद्यार्थी संगठन, प्राध्यँपक संगठन र कर्मचारी संगठनलाई भेटेर बास्कोटाले राजनीतिक दवदवालाई कम गर्ने छनक भने नदिएको त्रिविका कर्मचारीहरूको भनाइ छ । ती कर्मचारीहरूको भनाइमा बास्कोटाले उपत्यका क्याम्पस प्रमुखलाई अहिलेसम्म भेटेका छैनन । दलीय आधारमा विभाजित संगठनका कर्मचारी, विद्यार्थी र प्रँध्यापकलाई भेट्नुको सट्टा क्याम्पस प्रमुखहरूसूग भेट गरेर समस्या र समाधानका बारेमा छलफल गरेको भए उपयुक्त हुने टिप्पणी भइरहेको छ । 

त्रिविलाई गतिदिने तथा गुणस्तरीय शिक्षा, स्वच्छ क्याम्पस र स्वस्थ छवि बनाउने भूमिका क्याम्पस प्रमुखहरूको हो । त्यस अर्थमा पनि उनीहरूसूगको छलफल महत्वपूर्ण हुने थियो । यता, एक महिना बित्दा पनि त्रिविको रजिस्टार र रेक्टर सिफारिश भएका छैनन् । उपकुलपतिमा सिफारिश भएको एक महिनापछि बल्लतल्ल नियुक्त भएका बास्कोटाले अर्को एक महिना विताएका छन् । यसरी हेर्दा झन्डै २ महिना वित्दासमेत आफ्नो टीम बनाउन रेक्टर र रजिस्टारको खोजी गर्न नसकेका बास्कोटाले दलीय सिफारिशमा हिजोजस्तै हुने भागबण्डाको सिफारिशलाई स्वीकार गरे विकृति र विसंगतिले गाूजिएको त्रिविको सुधार हुने संभावना नरहेको टिप्पणी हुन थालेको छ । 

 तुलनात्मक रुपमा आर्थिक पारदर्शीता र इमान्दार छवि बनाएका बास्कोटालाई त्रिविको शैक्षिक क्यालेण्डर व्यवस्थित बनाउनुको साथै आर्थिक अनियमितता र भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने चुनौती छ । त्रिविका कर्मचारी, विद्यार्थी र प्रँध्यापकहरूको स्वार्थसहितका आन्दोलनलाई समेत सामान गरेर बास्कोटाले गतिदिने टीम सदस्य छनौट गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न त्रिविमा उठाउन थालिएको छ ।