🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न ४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा

 काठमाडौँ, ६ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ । उहाँले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गर्नुभयो ।

भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा  राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताउनुभयो । “काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ”, उहाँले भन्नुभयो । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी यसअघि नै छुट्टै कार्यालय स्थापना गरिएको उल्लेख गर्नुभयो । 

भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटक पटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य शुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उहाँले उल्लेख गर्नुभयो ।

यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले बताउनुभयो । सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गरिने उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न भएको र २०२० को मार्चसम्ममा हवाइसेवा शुरु गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०२१ भित्र सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम ५० प्रतिशत पूरा भएको तथा आगामी पाँच वर्षभित्र बाराको निजगढमा विमानस्थल  निर्माण गर्ने गरी काम अगाडि बढाउने योजना रहेको बताउनुभयो । रासस