🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा सचिवालय बैठक : प्रवास समन्वय कमिटी इञ्चार्जमा पाण्डे

काठमाडौँ, १ मङ्सिर (रासस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै पाण्डेलाई इञ्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो ।

त्यस्तै कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रवासी नेपालीको बीचमा सम्बन्ध, सम्पर्क स्थापित गर्न, एकता र मेलमिलाको भाव प्रस्तुत गर्नुका साथै उनीहरुको हकहितको रक्षाका निम्ति कमिटीले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
–––