स्वास्थ्य सम्बन्धी समान्यदेखि लिएर जटिल अवस्थामा पनि हामी यस्तो विकल्पको खोजीमा हुन्छौं जुन हामीलाई सजिलै प्राप्त हुन सकोस् । जस्तै सानो तिनो घाउको उपचार घरेलु विधिबाट सामान्यरुपमा नै हुन सकोस् । सकेसम्म तपाई घरेलु र सजिलो उपचार विधि नै चाहनुहुन्छ । हृदय सम्बन्धी रोगबाट बच्न लागि हामीले दैनिक एवं सरल उपायहरू अपनाएर शरीरलाई स्वस्थ राख्न सकिन्छ । यस्तै यदि तपाईले घरेलु एवं सजिलोरुपमा हृदयलाई स्वस्थ स्फूर्त राख्न चाहानहुन्छ निम्न उपायहरू अपनाउनुहोस् ।
–यदि हृदयको गति छिटोछिटो हुने समस्या छ भने अंगुर खानुहोस् । यसले दुखाई र थकान कम गर्नुका साथसाथै रक्तचाप घटबढ हुन दिँदैन ।
–अनारले नयाँ कोष निर्माणमा सहयोग गर्दछ जुन हृदय रोगबाट बच्ने अचुक उपाय हो ।
–प्याजको प्रयोग गर्नुहोस् जसले रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक राख्दछ र अक्सिडेशन प्रक्रियामा पनि राम्रो भूमिका खेल्दछ ।
–रक्त संचारका लागि मह पनि एकदमै उपयुक्त हुन्छ । यदि मह दूधमा मिसाएर पिउन सकेमा हृदयलाई स्वस्थ राख्न सकिन्छ ।



