🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खाली पेट दुई दाना ल्वाङ चपाउनुका फाइदा

ल्वाङ औषधीय गुणले भरिपूर्ण हुन्छ । यसको सेवनबाट धेरै किसिमको लाभ लिन सकिन्छ । ल्वाङ एन्टीब्याक्टेरियल, एन्टीभाइरल, एन्टीइन्फ्लामेटरी गुणले भरिपूर्ण हुन्छ । साथै यसमा आइरन, फाइबर, इजेनोलजस्ता शरीरलाई आवश्यक पर्ने तत्वहरु हुन्छन् । 

–खाली पेट ल्वाङको सेवन गर्नाले टाउको दुखेको समस्यामा राहत पाउन सकिन्छ । यसमा एनाल्जेसिक र एन्टी इन्फ्लामेटरी गुण हुने गर्दछ । यसको तेलले टाउकोको मसाज पनि गर्न सकिन्छ । 

–दुखेको र सुन्निएको अवस्थामा ल्वाङको सेवन गर्नाले राहत पाउन सकिन्छ । 

–ल्वाङमा हुने एन्टीमाइक्रोबियल तथा एन्टीफंगल गुणले पेट सम्बन्धी समस्यामा राहत दिलाउन मद्दत गर्दछ । 

–खाली पेट २ दाना ल्वाङ चबाउनाले दाँतको दुखाईमा राहत पाउन सकिन्छ । यसमा एन्टीब्याक्टेरीयल गुण हुने गर्दछ जसले दुखाई कम गर्न मद्दत गर्छ ।

–घाँटीको इन्फेक्सनमा खाली पेट ल्वाङ चपाउँदा राहत पाउन सकिन्छ । (साँघु साप्ताहिक, २०८० मंसिर १८)