🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतले मिचेको नेपालको कालापानी मुद्दा चर्किदै : भारतीय राजदूत विदा हुँदै     

काठमाडौं । नेपालका लागि २४ औं भारतीय राजदूत मञ्जिब सिंह पुरी उमेर हदका कारण आगामी सन् २०१९ डिसेम्बर ३१ देखि अवकाश पाउँदैछन् । उनको अवकाशको तिथि नजिकिंदै जाँदा कालापानी लिपुलेक र लिम्पियाधुराको मुद्दाले चर्को रुप लिंदैछ ।

भारतले नेपालको सीमा मिचिएको मुद्दा चर्किनु र नेपालका लागि भारतीय राजदूतको अवकास हुनु लगभग एकै समय परेको छ । यसै सन्दर्भमा काठमाडौं र नयाँ  दिल्लीको राजनीति र कूटनीतिक वृत्तमा नेपालका लागि नयाँ  भारतीय राजदूत को बन्ला भन्ने जिज्ञासा र चर्चा सुरु भएको छ ।

 सन् २०२० जनवरी १ देखि लागू हुने गरी नेपालका लागि २५ औं भारतीय राजदूतका लागि विभिन्न नामहरूमा चर्चा सुरु भएको नयाँ  दिल्ली स्रोत  बताउछ । यसरी नेपालका लागि सम्भावित भारतीय नयाँ  राजदूतको चर्चामा नेपालमा रहेर काम गरिसकेका अनुभवी केही व्यक्तिहरूको चर्चा काठमाडौं र नया“दिल्ली दुवैतिर प्रारम्भ भएको छ ।

त्यस्तै चर्चाको केन्द्रविन्दुमा हाल भारतको केन्द्र सरकार अन्तर्गत विदेश मन्त्रालयमा रहेर नया“दिल्लीमा काम गरिरहेका गोपाल वाग्ले अग्रपंक्तिमा रहेका छन् । किनभने उनी नेपालस्थित भारतीय राजदूतावासको उच्च पदमा रहेर काम गरिसकेका, नेपाली भाषा पनि स्पष्टसंग बोल्न सक्ने, सबैसंग घुलमिल हुन सक्ने र मिडियामैत्री स्वभावका कूटनीतिज्ञ भएकोले उनको चर्चा तुलनात्मक रूपमा बेशी नै छ ।

त्यसैगरी नेपालका लागि सम्भावित भारतीय नयाँ  राजदूतको चर्चामा कूटनीतिक अनुभव भएका र सोही क्षेत्रमा क्रियाशील रहेका अन्य व्यक्तिहरूको पनि चर्चा चलिरहेको छ । यसै सन्दर्भमा नेपालका लागि सम्भावित भारतीय राजदूतको चर्चामा जावेद अहमद र श्रीमती रेणु पालसमेत रहेका छन् ।

जावेद हाल सिंगापुरमा कार्यरत रहेका छन् भने श्रीमती रेणु भारतको विदेश मन्त्रालयमा कार्यरत रहेको बताइन्छ । यसै सरोफेरोमा विनय कुमारसमेत चर्चामा रहेका छन् । हाल अफगानिस्तान भारतीय राजदूतमा कार्यरत रहेका उनी पनि नेपालको कूटनीति र राजनीति क्षेत्रसंग राम्रोसंग भिजेका व्यक्तिमा पर्छन् ।

माथि उल्लिखित चर्चामा रहेका व्यक्तिहरूमध्ये नेपालका लागि २५ औं भारतीय राजदूतका रूपमा कसले नियुक्ति पाउलान् वा हालका राजदूत मञ्जिव सिंह पुरीपछिको राजदूतको जिम्मेवारीमा कुनै चर्चामा रहेकाबाहेकबाट अवसर पाउलान् ? त्यसका लागि केही समय भने प्रतीक्षा गर्नुपर्ने नयाँ  दिल्ली स्रोत  बताउँछ ।

 (२०७६ कात्तिक २५ गतेको साँघु साप्ताहिकबाट)