🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्यपुरका मेयरको महिनै पिच्छे विदेश भ्रमण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको दादागिरीका कारण नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतहरु समेत टिक्न नसक्ने भएका छन् । अवैधानिक र नियम विपरीत आफू खुशी विकासका नाममा गरेको गत बर्षको २ करोड ५१ लाखको खर्च अनुमोदन गराउने विषयले मेयर श्रेष्ठ अख्तियारको फन्दामा पर्ने देखिएको छ । 

यही विवादका कारण तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसंग हात हालाहालको स्थितिबाट शुरु भएको श्रेष्ठको दादागिरी विश्वराज मरासिनीसम्म आइपुग्दा समेत नरोकिएको कर्मचारी स्रोत बताउछ । यद्यपि नियम विपरीत गरिएको गत बर्षको उक्त खर्च शीर्षक नगर परिषद् र नगर कार्यपालिकाबाट मेयर श्रेष्ठले पारित गराउन त सकेका छैनन् नै कार्यकारीमार्फत भुक्तानी लिन खोजेपनि ज्ञवालीपछि आएका कुनैपनि प्रमुख कार्यकारी अधिकृतले पनि भुक्तानी नदिएको स्रोत बताउछ । 

 स्रोतका अनुसार, मेयर श्रेष्ठकै रोजाईमा मध्यपुर नगरपालिकामा सरुवा भई आएका प्रमुख कार्यकारी अधिकृत महेश बरालले पनि उक्त रकम भुक्तानी दिन नमानेपछि मेयर श्रेष्ठ र बरालबीचको सम्बन्ध पनि चिसिएको थियो । सोही कारण आफू फस्ने काम नगर्ने भन्दै बराल २०७६ कार्तिक ७ गते सरुवा भई गएका छन् । एकसाता अघि मात्र विश्वराज मरासिनी प्रमुख कार्यकारीको जिम्मेवारी लिएर नगरपालिकामा आएका छन् । तर, उनले पनि मेयरको दादागिरीका कारण आफू पनि टिक्न नसक्ने अवस्था आएको बताउन थालेको एकजना कर्मचारीले बताए ।

नगरपालिका प्रमुख श्रेष्ठ नगरपालिकाको काम गर्नमा भन्दा विदेश घुमेर रमाउनमै व्यस्त रहने गरेको आरोप छ । उनी अहिले बेलायतमा छन् । २०७६ कार्तिक १६ गते बेलायत उडेका श्रेष्ठ १५ दिन उतै रमाउने तालिका रहेको छ । नगरपालिकाका प्रमुखहरु विदेश जा“दा कार्यपालिकामा जानकारी गराउने र पराराष्ट्र मन्त्रालयमा विदेश जानुपर्नाको उचित कारण र उद्देश्य पुष्टि गरेर जानुपर्ने नियम छ । तर, नगर कार्यपालिका सदस्यहरुलाई मेयरको भ्रमणसम्बन्धी कुनै जानकारी नभएको बताउ“छन् नगरपालिका प्रवक्ता राम थापामगर ।

यसअघि पनि २०७६ असोज ७ गते वातावरण र फोहोरमैलाको कार्यक्रमका लागि भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालसहित एक हप्ताका लागि जापान उडेका थिए । भदौको दोस्रो साता वातावरण र फोहोरमैलाकै कार्यक्रमका नाममा मेयर श्रेष्ठ एक्लै १० दिन नेदरल्याण्ड घुमेर फर्किएका थिए । भदौदेखि कार्तिकसम्मको तीन महिनाको अवधिमा मेयर श्रेष्ठले एक महिना त विदेशमै बिताएका छन् ।

वडा नं. २ का अध्यक्षसमेत रहेका प्रवक्ता थापामगरले नगर प्रमुखको कार्यशैलीका कारण नगरपालिकाको अवस्था दयनीय बन्दै गएको बताए । उनले २०७६ असोज ३ गते दुई पक्ष कांग्रेस र नेकपाका जनप्रतिनिधिबीच सहमति कायम गरेर पारित गरेको नीति, योजना, कार्यक्रम र बजेट अहिले कार्यान्वयनमा आउन नसकेको समेत गुनासो गरे ।

नगरपालिकाका मेयर श्रेष्ठ र कांग्रेसका जनप्रतिनिधिबीचको विवाद अहिले फेरि चर्किएको छ । नगरसभाले रु. १ अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेपनि मेयर श्रेष्ठको मनोमानीका कारण मेयरस“ग कांग्रेसका वडा अध्यक्ष र जनप्रतिनिधिबीचको विवाद पुनः चर्किन थालेपछि पारित योजना, बजेट र कार्यक्रमहरु कार्यान्वयन नहुने अवस्था देखिएको हो ।

कमेरोटार जग्गा एकीकरण आयोजनामा ६ महिनादेखि प्रमुखविहीन भइरहेको अवस्था थियो  तर, श्रेष्ठले आफू बेलायत जानुअघि आयोजनाको काम ठप्प भएको भन्दै आयोजना प्रमुखबाट बर्खास्त गरिएका सत्यसुन्दर श्रेष्ठलाई पुनः आयोजना प्रमुख तोकेर हिंडेको स्रोत बताउछ ।

प्रमुख कार्यकारी अधिकृत मरासिनीलाई आयोजना प्रमुख तोकेर पत्र काट्न निर्देशन दिए पनि उनले कार्यपालिकाको निर्णय विपरीत पत्र नलेख्ने जवाफ दिएपछि आफैले हस्ताक्षर गरेर श्रेष्ठलाई आयोजना प्रमुख तोकेर हिंडेका हुन् । यही विषयले पनि मेयर स्वदेश फर्केपछि ठूलो विवाद सिर्जना हुने वडा अध्यक्ष थापामगरको भनाई छ ।

मेयर र कांग्रेसका जनप्रतिनिधीबीच नगरसभाबाट पारित सबै योजना तथा कार्यक्रमहरु नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर मात्र गर्ने सहमति भएपनि श्रेष्ठको पुरानै शैलीको पुनरावृत्ति शुरु भएको जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।