🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा सेवा दलका प्रशिक्षार्थीलाई प्रशिक्षण 

भीमदत्तनगर, २३  कात्तिक (रासस) : नेपाली सेनाले कञ्चनपुरका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा राष्ट्रिय सेवा दलको प्रशिक्षणअन्तर्गत विद्यार्थीलाई प्रकृति संरक्षण तथा बन्यजन्तु लगायतका विषयमा कात्तिक २२ गते प्रशिक्षण दिएको छ ।  

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवीदल गण, मझगाउँ ब्यारेकको आयोजना तथा यहाँस्थित सेनाकै सिंहशार्दूल गुल्मको संयोजनमा भएको उक्त चेतनामुलक कार्यक्रममा सरस्वती मावि परखेडी, इन्टरनेशनल पब्लिक स्कूल, सनराइज पब्लिक स्कुल, लिटिल स्टार र बैजनाथ माविका छात्र/छात्रा सहभागी थिए । कार्यक्रममा विद्यार्थीलाई विष्फोटक पदार्थको खोजिमबारे सचेतना समेत दिएको छ ।

    “द्वन्द्वकालमा लुकाइएका वा राखिएका विष्फोटक पदार्थ अझै पनि बेवारिसे अवस्थामा भेटिन सक्छन”, देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले भन्नुभयो, “शंकास्पद बस्तु भेटिएमा प्रहरी वा नजिकको सुरक्षा निकायलाई खबर गरी क्षति न्यूनीकरणतर्फ लाग्नु पर्छ ।”

विष्फोटक पदार्थको जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तथा प्रकृतिको संरक्षण एवम वन्जयन्तु चोरी शिकारी नियन्त्रणमा पनि स्थानीयवासी र विद्यार्थीको महत्वपूर्ण भूमिका हुने प्रमुख सेनानी बस्नेतले बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यार्थीलाई सेवा दलको विषयबारे समेटिएको वृत्तचित्र समेत देखाइएको थियो । कार्यक्रममा पाँच विद्यालयका १८० विद्यार्थी सहभागी थिए । 
–––