🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपद् व्यवस्थापन विषयक नमूना अभ्यास

काठमाडौं, असोज ३० । ‘अत्यावश्यक पूर्वाधारमा विपद्बाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं,’ भन्ने नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा पोखरामा सप्ताहव्यापी विपद व्यवस्थापन कार्यक्रम शुरु भएको छ ।

कार्यक्रम अन्तर्गत बुधबार गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमूना अभ्यास गरिएको छ ।

त्यस्तै नेपाली सेना पश्चिम पृतना पोखराको टोलीबाट अग्नी नियन्त्रण, सशस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराबाट ताल तलैयामा डुवेका व्यक्तिको खोजी तथा उद्धारको अभ्यास प्रदर्शन गरिएको छ ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधनसहित मानसिक र शारीरिकरुपमा तयार रहनुपर्ने बताए । 

प्रहरीको उद्धार समूहलाई आवश्यक पर्ने उपकरणको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धि गराउन आवश्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने उल्लेख गरे । 

प्रदर्शनीको मन्त्री चुमानसहित प्रदेश अन्तर्गत विभिन्न मन्त्रालयका सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश स्थित विभिन्न सुरक्षा निकायका प्रमुख एवम् अन्य प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि, नेपाल स्काउटका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, पत्रकार लगायतले अवलोकन गरेका थिए ।