🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी

काठमाडौँ, २४ असोज (रासस) अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने भएका छन्  ।

\"\"

यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लागेका हुन्। 

निर्वाचनमा भाग लिन २०७६ असोज २३ गते बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा गरेका हुन्  । उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेद्वारी दिन लागेको बताए  । 

डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गरे  । 

उहाँले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेद्वार भएको बताए  । 

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन्  ।