🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राससमा डेटिङ, कान्तिपुरमा सेटिङ 

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गर्ल फ्रेन्डसँग घुम्न, डेटिङ जान या तास खेल्न सरकारले संविधान दिवसको बिदा दिएको होइन, उल्लासकापूर्वक संविधान दिवस मनाउन मात्र दिएको हो भनेका थिए । करीब १५ दिन अघि उनले दिएको यो अभिव्यक्तिको सञ्चारमाध्यम र अझ बढी सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिप्पणी र आलोचना भइनै रहेको छ ।

ठीक यस्तै बेला पारेर उनी मातहतकै मन्त्रालयको दुइ  निकाय रासस र  गाेरखा गाेरखा पत्रकाका   अध्यक्ष श्यामल (म्याडमका साथ)  र कृष्र्णमुरारी  भन्डारी भने पूर्वतिर लागेका छन् । उनीहरू २०७६ भदौ ३१ गतेदेखि काठमाडौँबाट निस्किएपछि २०७६ असाेज ५ गते आइतबार रातिसम्म आइपुगेका छैनन् । कर्मचारीहरूले भने श्यामल राससको प्रदेश नम्बर एक कार्यालय विराटनगरको कार्यालयमा पुगेर दम्पत्तिसहित हालेको फोटो देखेपछि आफ्ना हाकिम कहाँ गएको भन्ने बारेमा बल्ल थाहा पाए र छक्क परेका थिए । त्यतिञ्जेल उनी कहाँ गए भन्ने बारे कसैले पनि थाहा पाएका थिएनन् । 

दुःखको कुरा त यो छकि राससका महाप्रबन्धक ओपेन्द्र शर्मा मौसमको खराबीका कारण उपल्लो डोल्पामा अलपत्र परिरहेका बेला उनी कार्यालयलाई प्रमुखबिहीन बनाएर काठमाडौँ छोडेर हिँडेका थिए । उपल्लो डोल्पो महोत्सवका लागि २०७६ भदौ २३ गते त्यसतर्फ गएका महाप्रबन्धक खराब मौसमका कारण २०७६ असोज ५ गते आइतबार मात्र कार्यालय हाजिर भएका छन् । उनी मौसमको खराबीकै कारण डोल्पामै रहन बाध्य भएका बेला यता अध्यक्ष श्यामल भने जिएमलाई जानकारी नै नदिई र मन्त्रालयबाट स्वीकृति नै नलिई जिएमकै गाडी लिएर उनी पूर्वतिर लागेको कर्मचारी स्रोत बताउछ । तर, पारिवारिक भ्रमणमा रहेका उनी अझै काठमाडौँ फर्किएका छैनन् । असोज ५ गते आइतबार उनी इलाम पुगेको जानकारी छ । 

सरकारले असोज ३ गतेको दिनलाई संविधान सभाको रुपमा भव्य रुपमा मनाउने निर्णय यसअघि नै गरेको थियो । सबै कर्मचारीलाई त्यस दिन बिहान टुँडिखेलमा बोलाइएको थियो र गए पनि । तर, पनि राससलाई भने सरकार र संचार मन्त्रीको त्यो आदेशले छोएन । सरकारको त्यो भव्य निर्णय कार्यान्वयन गर्न रासस नेतृत्वबिहीन भएको थियो । त्यसैले राससमा न यो दिवसका कुनै निर्णय भए र न त टुँडिखेलमा संस्थागत प्रतिनिधित्व भयो ।

२०७६ असोज ३ गते बिहान समाचार रिपोर्टिंगका लागि र केही कर्मचारी टुँडिखेलको माहौल हेर्न त्यहाँ पुग्ने बाहेकको कुनै प्रतिनिधित्व त्यहाँ भएन । न त सञ्चार मन्त्रालयले नै राससलाई खोज्यो न त राससको प्रशासनले त्यहाँ उपस्थिति जनाउने संस्थागत निर्णय नै गर्यो । देशले यसरी दिवस नै मनाइरहेका बेला राससका हाकिमले नै परिवारिक भ्रमण(सेटि¨) तय गरेपछि नेपालको एउटा पुरानो संस्था राससका समग्र पत्रकार र कर्मचारीले आफूहरूको मानमर्दन भएको महसुस गरेका थिए । 

अध्यक्ष श्यामलले राससको आफ्नो पदको मर्यादा नबुझेको सबैले टिप्पणी गर्ने गर्छन् । किनभने उनी राससमा आएको वर्षदिनमा नै मनाङ, मुस्ताङ, कर्णालीहुँदै देशैभरि पारिवारिक भ्रमण गरिसकेका छन् । उनका हरेक देशावर भ्रमणको राससमा विरोध पनि हुने गरेको छ । लाखौ रुपैयाँ सरकारी खर्चमा उनले गर्ने यस्ता भ्रमणको खर्च लेखाले केही दिन रोकेपनि पछि हप्काइ दप्काई गरेर भुक्तानी लिने गरेको रासस कर्मचारी स्रोतले बतायो ।

यस पटकको भ्रमणलाई उनले गोरखापत्रको प्रदेश नम्बर एकबाट प्रकाशन शुभारम्भको निम्तो आएको भन्ने निउँमा पारिवारिक भ्रमण बनाएका थिए । तर, त्यो निम्तो मान्न राससको प्रदेश नम्बर एकको आफ्नै कार्यालय छ । बोर्ड सदस्य दयाराम दाहाल त्यहीँका स्थानीय छन् । उनी या प्रदेश नम्बर एक कार्यालय प्रदेशका प्रमुखलाई नै उपस्थिति जनाउनु भनेको भए पनि हुनेमा त्यसो नगरेर श्यामल नै त्यही निम्ताको निउँ पारेर परिवारसहित त्यहाँ पुगेपछि राससका कर्मचारी सबै छक्क परेको स्रँेतले बतायो । 

हप्तैपिच्छे र महिनैपिच्छे कुनै न कुनै विवादास्पद काम तथा अनियमितताका काण्डहरू उनले मच्चाउने गरेको आरोप पनि खेप्दै आएका छन् । विदेश भ्रमणको अवसर आयो भने उनी रिपोर्टर जाने ठाउँमा पनि आफैं जाने गरेका छन् । तर, यति विवादास्पद हुँदा पनि सञ्चारमन्त्रीले किन अध्यक्षका रुपमा निरन्तरता दिइरहेका छन् भन्ने बारेमा भने नेकपाका पत्रकारहरू नै अचम्ममा छन् ।      

अब कान्तिपुरको खबर ! 

उता कान्तिपुरमा भर्खरै दोस्रो इनिंगमा प्रवेश गरेका प्रधानसम्पादक सुधीर शर्माले आफ्नै लाइन अनुसार पत्रिका अघि बढाउन सेटिंग थालेको खबर छ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्षमध्ये प्रचण्ड नजिक रहेका शर्माले सोही अनुसार पत्रिका अघि बढाउन पत्रकारको सेटिंग नै चलाउन थालेको चर्चा पत्रकारहरूले गर्न थालेका छन् । उनले नेकपाभित्र पनि पूर्व एमाले र पूर्व माओवादी खेमा छुट्ट्याई पत्रकार रोज्न थालेको गुनासो कान्तिपुरका पत्रकार गर्न थालेका छन् । 

यही क्रममा शर्माले लामो समयदेखि दुर्गा खनालले हेर्दै आएको एमालेसहित नेकपा विटको जिम्मा आफैले सेतोपाटीबाट तानेर ल्याएका विनु सुवेदीलाई दिएका छन् । नेकपाभित्र रडाको मच्चाउने गरी कान्तिपुरले असोज २ गते विहीबार छापेको ‘नेकपामा सी पथ’ शीर्षकको समाचार, समाचार कक्षभित्र चर्चा भएको थियो । त्यो समाचारमा पार्टीले चिनिया राष्ट्रपति सी चिनफिंग पथ अंगाल्ने भन्दै विवादमा तानिएको थियो ।

 पार्टी लाइनलाई तितरवितर गर्ने गरी सो समाचारले कान्तिपुरमा प्राथमिकता पाएपछि प्रधानमन्त्री केपी ओलीसहित महासचिव विष्णु पौडेल, स्कूल विभाग प्रमुख ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वांगसहित नेताले पढेर आश्चर्यमा परेका थिए ।

 
त्यस्तै, कान्तिपुरले चिफ रिपोर्टर बलराम बानियाँको विकल्पमा पूर्व माओवादी लाइनकै कुनै पत्रकार खोजिरहेको, हेरिरहेको चर्चा कान्तिपुर हाउसभित्र छ । त्यसो त शर्माले आफू निकट पत्रकार राजाराम गौतमलाई सेकेण्ड म्यानका रुपमा भित्र्याउने तयारी गरिरहेको समेत बुझिएको छ ।