🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संविधान दिवसमा प्रभातफेरी

दमौली, ३ असोज (रासस) : झापामा २०७६ असोज ३ गते  बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । 

संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएकोे प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेलले जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधान कार्यान्वयनमा ल्याई अब मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताए  ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नयाँ संविधान सबैको साझा दस्तावेज भएको बताउँदै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम संविधानले नै गरेको बताए  । 

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान विश्वकै उत्कृष्ट र सबैको साझा भएको चर्चा गरे  । कार्यक्रममा इष्ट होराइजन उमावि धुलाबारीका विद्यार्थी ब्यान्डबाजासहित प्रभातफेरीमा सहभागी भएका थिए ।

कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारीलगायत सहभागी थिए । जिल्लाका विभिन्न स्थानमा सरसफाइ, अन्तरक्रियालगायत कार्यक्रम गरेर संविधान दिवस मनाइँदै छ ।