काठमाडौं । नेपाली सेनाका अधिकृतहरूले प्रयोग गर्ने ग्याँठ बुठ खरिद प्रक्रिया निष्पक्ष र धाँधलीरहित रूपमा अगाडि बढ्न नसकेको तथ्य फेला परेको छ । समाचार अनुसार ८ हजार ३ सय जोर ग्याँठ बुठको खरिदका लागि जारी गरिएको बोलपत्रमा स्पेसीफिकेसन मापदण्डका रूपमा क्ष्त्क् र क्न्क् विधि मात्र उत्तीर्ण भएको परीक्षण प्रतिवेदन(टेष्ट पास रिपोर्ट) हुनुपर्ने भनेर मापदण्ड राखिएको थियो । तर, यी दुवै परीक्षण विधि(टेष्ट पास रिपोर्ट) उत्तीर्ण भएका आपूर्तिकर्ताहरूको बोलपत्र स्वीकृत नगरिएको श्रोत बताउँछ ।
सो सम्बन्धी बोलपत्र नै २०७६ भदौ २४ गते रद्द गरी पुनः भदौ २५ गते अर्को सूचना प्रकाशित गरिएको छ । तर प्रक्रियासम्मत र विधि पुगेको बोलपत्र प्रकाशनको सूचना रद्द गर्नुको कारण के हो ? यसका पछाडिको रहस्य के हो ? आखिर कुन स्वार्थपूर्ति गर्नका लागि विधिसम्मत भएको बोलपत्रलाई रद्द गरियो भन्ने सम्बन्धमा नेपाली सेनामाथि अहिले सम्बन्धित टेण्डरदाताहरूले प्रश्न गर्न थालेका छन् ।
नेपाली सेनाले खरिद प्रक्रियाका सम्बन्ध अघि सारेका स्पेसीफिकेसन सम्बन्धी सर्तहरू विपरीतका प्रयोगहरू गरेर बोलपत्र रोक्ने कार्य गरेको आरोप आपूर्तिकर्ताहरूको रहेको छ । त्यसमा Buff Corrected Grain Softy Leather (Water Resistant High Quality) भनेर उल्लेख भएको छ । टेस्ट रिपोर्टमा उल्लेखित मापदण्ड पूरा गरेको दाी गरिएको छ । जबकि बोलपत्रको स्पेकमा ग्याँठ बुठ पानीमा राखेर वा लगाएर फिल्ड टेस्ट गर्नुपर्ने भन्ने प्रावधान सर्तका रूपमा उल्लेख भएको थिएन ।
तर, नेपाली सेनाले बोलपत्रमा उल्लेख नभएकै नयाँ सर्त अघि सारेर ग्याँठ बुठ फिल्ड टेस्टबाट पास हुनुपर्ने भन्ने अनावश्यक सर्तका माध्यमबाट गैरकानूनी र प्रक्रियाविपरीतको सर्तको अत्तो थापेको देखिएको छ र यही कारणले सो रु. दुई करोडभन्दा बढी रकमको बोलपत्र रद्द गरेकाले सेनाको स्वदेश उपशाखा, सैनिक सामाग्री प्राप्ति निर्देशनालय संभाररथी विभागको नियतमाथि आशंका समेत सिर्जना भएको छ । नेपाली सेनाको उक्त कार्यलाई सो सम्बन्धी खरिदकार्यको जिम्मेवारी आफू अनुकूलका आपूर्तिकर्तालाई दिने योजना अनुरूपको भएको आरोप रद्द गरिएका आपूर्तिकर्ताहरूको रहेको छ ।
साँघुलाई प्राप्त जानकारी अनुसार, बोलपत्र रद्द गर्नुका पछाडि स्वार्थ र आर्थिक चलखेलले काम गरेको आरोप छ । यस प्रक्रियामा नेपाली सेनाको स्वदेशी उपशाखा, सैनिक सामग्री प्राप्ति निर्देशनालय र सम्भाररथी विभागका कर्णेल–जर्नेलहरूको मिलेमतोमा दुई करोड रुपैयाँभन्दा बढी रकमको ग्याँठ बुठ खरिदको बोलपत्र रद्द भएको समाचार श्रोतको भनाइ छ ।
बोलपत्र रद्द हुनुका पछाडि आफूले चाहेको ठेकेदारको बोलपत्र स्वीकृत नहुने अवस्थाले गर्दा बुठको ठेक्काको निर्धारित मापदण्ड पूरा गर्ने र टेस्ट रिपोर्ट पास गर्ने सप्लायर्सलाई नदिएर नयाँ सर्तका रूपमा फिल्ड टेस्टबाट पास हुनुपर्ने प्रावधानमै अत्तो थापिनुले सैनिक अधिकारीहरूको नियतमाथि गम्भीर आशंका सिर्जना भएको छ । र, विधिसम्मत बोलपत्र कबोल गरेका आपूर्तिकर्ताहरूलाई खरिद कार्यको जिम्मेवारी नदिनुले यसको निष्पक्षता कायम हुन नसकेको र यसमा धाँधली भएको समाचार श्रोतको भनाइ छ । दोस्रो पटकको बोलपत्रको २०७६ भदौ २५ गतेको सूचनामा आफ्नै अनुकूलको आपूर्तिकर्तालाई समेटिने गरी स्पेसीफिकेसन तयार गरिएर प्रकाशित गरिएको श्रोतको दाबी छ ।



