🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण

चरिकोट, २९ भदौ : दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको  सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

 

अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित करीब ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

 

 सम्पूर्ण संरचना तथा उपकरणहरुसहित गाउँपालिकाको नाममा पास गरी जग्गाधनी पुर्जासहित सम्पूर्ण स्वामित्व गाउँपालिकाको हुने गरी हस्तान्तरण भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए  ।
 

संस्थाले सञ्चालन गरिरहेको अस्पताल गाउँपालिकाले नै आफ्नो स्वामित्वमा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् । गाउँपालिकाभित्र अन्य अस्पताल नभएको र सामान्य जाँच गराउनका लागिसमेत जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा जटिल समस्याबाहेक अन्य सबै सुविधा सहज तरिकाले पाउन सकिने वैतेश्वर गाउँपलिकाका स्वास्थ्य शाखाप्रमुख देवलाल तामाङले बताए  । 

 

अस्पतालबाट जिल्लाको जुङ्गु, झयाकु, क्षेत्रपा, नाम्दु, काव्रे, गैरिमुदी, मिर्गे ठूलोपातल लगायतका नागरिकले स्वास्थ्य सुविधा लिँदै आएका छन् । स्वास्थ्य आम नागरिकको मौलिक अधिकार भए तापनि गाउँपालिकाका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा गाउँपालिकाकै स्वामित्वमा व्यवस्थित तरिकाले अस्पताल सञ्चालन गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । रासस