🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तरुणका महासचिव बर्खास्त  

काठमाडौँ, २९  भदौ (रासस) : नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारीविपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ । 

    शाहीले तरुण दलको आदर्श एवं सिद्धान्तविपरीत गई अनुशासनहीन कार्य गरेकाले पदबाट हटाउनुपरेको अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । सङ्गठनको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा जनाइएको छ । 

  शाहीलाई सङ्गठनबाट हटाइएको पत्रको बोधार्थ पार्टी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ । 
–––