🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 ओलम्पिक कमिटीको  निर्वाचन : को कति पानीमा ?

काठमाडौँ २८ भदौ  : नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन्  ।

    ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा २०७६ भदौ २८ गते  भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन्  । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित भए । 

    कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाएका थिए  । त्यस्तै उमेशलालले १० मत प्राप्त गरेका थिए । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए  । योसँगै जीवनराम ओलम्पिक कमिटीमा लगातार दुई कार्यकाल निर्वाचित भएका छन्  । 

    त्यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेजबहादुर गुरुङ (२०), अशोकराज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द वैद्य (२२) मतसहित विजयी भएका छन्  । पाँच उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धा गरेका थिए  ।

    त्यसैगरी महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन्  । उनले १५ मत ल्याएका थिए  । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि पार्दै  महासचिव पदमा निर्वाचित भएका हुन्  । लाखेले १२ मत ल्याएका थिए  ।

    सचिवमा रामजी श्रेष्ठ (१८), दीपकहर्ष बज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित भएका छन्  । तीन सचिवका लागि चार जनाले प्रतिस्पर्धा गरेका थिए  । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्वसदस्यसचिव केशकुमार विष्टले १७ मत ल्याएर  पराजित भए  ।

 
    महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भइसकेका थिए  । सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), राम अवाले (२०), प्रकाशशम्शेर राणा (२६), गोपालसुन्दरलाल कक्षपति (२६), टाँसी घले (२४), होमबहादुर दोङ (२५) र दीर्गबहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित हुन् सफल भएका छन्   ।

    सात सदस्यका लागि आठ जनाले उम्मेदवारी दिएका थिए  । जसमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भए  । उनले नौ मत प्राप्त गरेका थिए।  (रासस)