🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

५१ पदको उपनिर्वाचनको कार्यक्रम सार्वजनिक (हेर्नुस् कार्यक्रम तालिका)

काठमाडौं । आगामी २०७६ साल मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका १, प्रदेशसभाका ३ र स्थानीय तहका विभिन्न ४७ पदहरू समेत गरी ५१ पदहरूका लागि हुने उपनिर्वाचन प्रयोजनका निम्ति मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १ सय ५४ वडा कार्यालयहरूमा सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम २०७६ असोज १ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

\"\"

\"\"

यस सन्दर्भमा सम्बन्धित वडाका मतदाताहरूलाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताहरूको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्नुहुन समेत आयोगले अनुरोध गरेको छ । यसका साथै ३७ जिल्लामा १५४ वडामा ४,४७,७९२ मतदाताको नामावली विवरण तयार गरी अद्यावधिक कार्यक्रम (दाबी विरोध) प्रयोजनका लागि सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको आयोगले जनाएको छ ।

\"\"

मतदाता नामावली ऐन, २०७३ को दफा १३ बमोजिम मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम, २०७६ अनुसार २०७६ असोज १ गते १० बजेदेखि ५ बजेसम्म सहायक नाम दर्ता अधिकारीको कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । त्यसैगरी प्रकाशित मतदाता नामावलीमा सच्याउन दरखास्त दिने (मतदाता नामावली ऐन, २०७३ को दफा १४), उजुरी दिने (ऐनको दफा १५), दोहोरो नाम हटाउन निवेदन दिने (ऐनको दफा १६), नाम हटाउने (ऐनको दफा १७) र मतदाता नामावलीबाट नाम हटाउने (ऐनको दफा १८) सम्बन्धी निवेदन दिने २०७६ असोज २ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सहायक नाम दर्ता अधिकारीको कार्यालयमा हुने र यस प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत कार्यालय सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

माथि उल्लिखित प्रक्रियामा परेका निवेदनमाथि आवश्यक छानबिन गरी अभिलेखमा अद्यावधिक गर्ने कार्यक्रम असोज ६ गते बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको छ । यसका साथै ऐनको दफा १८ बमोजिम नाम हटाइएकोमा सोको सूचना सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने कार्यक्रम असोज ८ गते बिहान १० बजेदेखि २ बजेसम्म सहायक नाम दर्ता अधिकारीको कार्यालयमा हुने, अद्यावधिक गरिएको मतदाता नामावली प्रकाशनसमेत सोही दिन २ बजेदेखि ५ बजेसम्म हुने र ऐनको दफा १९ बमोजिम अद्यावधिक गरिएको मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम भने असोज ८ गतेदेखि असोज १० गतेसम्म सहायक नाम दर्ता अधिकारीको कार्यालयमा हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।          

 
आयोगद्वारा निर्वाचन कार्यक्रम प्रकाशन भएसँगै राजनीतिक दलहरूले समेत आ–आफ्नो आन्तरिक तयारीलाई तीव्रता दिएका छन् । विशेषतः संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको कास्की–२ मा हुने उपनिर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । राजनीतिक दलहरूले उपनिर्वाचन केन्द्रित गतिविधिहरूलाई केन्द्रविन्दुमा राखी आफ्ना कार्ययोजना तथा गतिविधिहरू केन्द्रित गर्न थालेका छन् । यस्तै पार्टीपंक्ति र जनस्तरमा भने राजनीतिक दलहरूबाट हुने सम्भाव्य उम्मेदवारका विषयमा उत्सुकतापूर्ण रूपले चर्चा–परिचर्चाको विषय बनिरहेको पाइन्छ ।