🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

करारमा श्रीमती र प्रेमिका भर्ती

सवारी चालक अनुमतिपत्र शाखा सुकेधारामा करारमा राखिएका विभिन्न ५ कर्मचारी हटाएर उनीहरूको स्थानमा कार्यालय प्रमुख लेखनाथ पोखरेलले आफ्नै श्रीमती मुना न्यौपाने, त्यही कार्यरत शाखा अधिकृतको श्रीमती गोमा भण्डारी तथा कार्यरत लेखापालको प्रेमिकालाई नियुक्त गरी कानूनी शासनको धज्जी उडाएका छन् । 

यातायात व्यवस्था विभाग मातहतका लाइसेन्स वितरण शाखामा कम्प्युटर अपरेटरका नाममा श्रीमती, नातागोता, गर्लफ्रेन्ड नै बिना प्रतिस्पर्धा कार्यालय प्रमुख, शाखा अधिृकत, लेखापालहरूले नियुक्त गरेर बाहिरको सेटिङसमेत यिनै विश्वस्त करारमार्फत गरिरहेका छन् । 

 श्रीमती र आफ्नो प्रेमिका नियुक्त गराउने सवारी चालक अनुमतिपत्र शाखा सुकेधाराका कार्यालय प्रमुख, शाखा अधिकृत र लेखापालको मनपरी तत्काल छानबिन गरी बिना कारण बर्खास्तीमा परेका पीडित कर्मचारीलाई न्याय दिन आग्रह गर्दछौं ।  

यदि यस्तो प्रवृत्ति थप मौलाउँदै जाने, घुस खान अनि अनियमितता र सेटिङमा काम गर्न आफ्न्त भर्ती गरेर अख्तियारको दुरुपयोग गरेर लुटतन्त्र मच्चाइएको छ भने सर्वसाधारण जनताले दुख पाउने र भ्रष्टाचार  मौलाउँदै गई सरकारी कार्यालयमा थप विकृति फैलिंदै गएको छ । अख्तियार र सर्तकताले यसको तत्काल छानबिन गरी कारवाही गरोस् भन्ने आशा माग गर्दछौं र सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराएका छौं ।                                                                                                                                                                       –पीडित कर्मचारी, सुकेधारा, काठमाडौं ।