काठमाडौं । महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्नाग्राहककालागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग मिति २०७६/०५/१० गते एक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीश्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा१०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा१०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका ९९ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति पनि गरेको छ ।



