न ब्लड प्रेसर, न सुगर, न चोटपटक, न अघिल्लो रात मदिरा सेवनको कुनै संकेत तर पनि आकस्मिक मृत्यु ! महाराजगंज शिक्षण अस्पतालमा अहिले प्रकाशको शव परिक्षण हुदैछ, यसले केही भन्छ कि पर्खौं !
जीवन र मरण आफैमा रहस्यमयी नै हुन्छ । न ईच्छाले कोही जन्मेको हुन्छ, न मर्ने चाहना हुन्छ । हिन्दू मान्यतामा शरीर नष्ट हुन्छ, आत्मा अमर रहन्छ, त्यसैले मृतात्मा हुदैन, नबुझेर मृतात्मा लेखेको बोलेको सुनिन्छ ।
मृत्युपछि आत्माले बैकुष्ठको यात्रा सुरू गर्छ । सही ढंगले अन्तिम संस्कार गरिएन भने आत्मा प्रेतात्मा बन्छ, यो भनेको बैकुष्ठ नपुगी बाटामै भौतारिनु हो । त्यसैले चीरशान्ति छाओस हैन बैकुष्ठको बास होस भन्ने गर्छौं। शरीरले शान्ति पाउला तर आत्माले बैकुण्ठ नपुगी आनन्दित हुदैन ।
शरीर माटो हो, बिउ आत्मा ऊर्जा हो जीव हो । जीव वा उर्जा बिउ अमर रहन्छ तर आत्मालाई आनन्दित हुन बैकुण्ठमा बास हुनुपर्छ ।
जीवन दीर्घ छ निरन्तर पनि छ तर शरीर क्षणभंकुर छ । शान्तिपूर्वक जीवन त्याग गर्न पाउनु पुण्यप्राप्त हुनु हो । तर जो जो मृतकसंग आत्मीय थिए सम्वन्धित थिए वा आश गरेका थिए तिनका निम्ति अडेश लाउने टेको नष्ट भएको हुन्छ र दु:ख मान्छन् सम्झन्छन् ।
मृतकका निकट परिवारमा सबैभन्दा ठूलो वज्रपात हुन्छ त्यसमाथि पत्नी र बाबुआमालाई अकल्पनीय पीडा हुन्छ । अनि त्यसपछि मित्र र हितैषीहरूमा जीवनसुन्यता र नैराश्यता सिर्जना गरिदिन्छ ।
तर, हिन्दू दर्शनमा मतकको बैकुण्ठ यात्राको मार्ग सहज गराउन योगदान दिनु अरूको आध्यात्मिक कर्तव्य वा धर्म हुन्छ । मृतकको याद आइरहनु हुदैन, नत्र प्रेत वन्छ, १३ दिने संस्कारलाई विधिपूर्वक सम्पन्न गर्नुपर्छ किनंभने नर्मल ढंगमा शरीरबाट प्राण हटेर पूर्ण मृत्यु हुन १३ दिन लाग्छ ।
मृत्युपश्चात जति चॉडो सक्यो दाहसंस्कार पूरा गरिहाल्नुपर्छ । यसपछि आफन्तमा अलिकति आन्तरिक शान्ति बढ्छ र १३ दिनसम्ममा शान्ति कायम हुन्छ । त्यसपछि जम्मा वर्षको १ पटक श्राद्ध गर्ने हो । मृतकको चिनो सकेसम्म घरमा नराख्नु विभिन्न ठॉउमा दान दिनु भन्नुका कारण पनि बैकुण्ठ बास सहज होस् फर्किफर्कि प्रेतात्मा परिवारलाई खोज्दै नआओस् भनेर हो !
–पूर्व सचिव भीम उपाध्यायको फेसबुकबाट



