🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा \’प्रधानसेनापति ट्रफि-२०७६\’ समुद्‍घाटन

काठमाडौँ, २  भदौ।  २०७६ भाद्र ०१ गते जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले 'प्रधानसेनापति ट्रफि-२०७६' को समुद्‍घाटन गरेका छन्  । 

\"\"

 उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए  । समारोहको प्रारम्भमा नेपाली सेनाको पृतना, वाहिनी र विशेष फौज गरी सहभागी १४ वटा टिमले मार्च-पाष्ट प्रस्तुत गरेका थिए भने ८ वटै पृतनाहरुको संयोजनमा फरक-फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी तथा नृत्यहरुको अतिरिक्त सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो। 

 यस खेलकुद प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश भएका छन् । आजबाट शुभारम्भ भएको उक्त ट्रफि २०७६ भाद्र २५ गतेसम्म संचालन हुनेछ ।

माथि उल्लेखित खेलकुद प्रतियोगिताहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछ ।  

 उक्त समुद्‍घाटन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, सशस्त्र प्रहरी बलका महानिरीक्षक, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, युवा तथा खेलकुद मन्त्रालयका नि.सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रक्षा मन्त्रालयका पदाधिकारीहरु, नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतलगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

    
 'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद' भन्ने मुल नारामा आधारित रहेर नेपाली सेनाभित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको 'प्रधानसेनापति ट्रफि' नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।

–––