🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्रमा इन्स्पेक्टर सरुवाको मोलमोलाइ  !?

काठमाडौं । सशस्त्र प्रहरी बलले डीएसपीदेखि डीआइजीसम्मको सरुवा सकिसकेको छ । तर इन्स्पेक्टरहरुको सरुवा निस्कन बिलम्ब भइरहेको छ । साउन सुरुमै हुनुपर्ने इन्स्पेक्टरहरुको सरुवा अन्तिमसम्म पनि निकालिएको छैन । १ सय ६ वटा बोर्डर आउटपोष्ट(बीओपी)को इन्चार्ज इन्स्पेक्टर हुन्छन् । ती बीओपीमा सरुवा हुनेहरुसंग रकमको मोलमोलाई भइरहेकाले सरुवामा बिलम्ब भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आइजीपी शैलेन्द्र खनालको चाहनाविपरीत ८६ वटा बीओपीबाट बढाएर सरकारले १ सय ६ पु¥याएको छ । खनालले त तराईका जिल्लाका सीमा सुरक्षा कार्यालय, गण र बीओपीबाट सशस्त्रको संख्या कटौती गर्दै मनपरी ओएण्डएम गरी पहाडतिर थुपारेका थिए । तर सशस्त्रका उच्च अधिकारी र गृहको जोडमा बीओपीको संख्या बढाएको लाभ आइजीपी खनालले सरुवामा लिने भएका छन् । 

 स्रोतका अनुसार, आइजीपी खनालले बोर्डरआउट पोष्टमा सरुवा हुने इन्स्पेक्टरहरुको लिष्ट तयार पार्नका लागि पीए नारायण गुरुङ र डीआइजी सुरजकुमार श्रेष्ठको टोली परिचालन गरेका छन् । बीओपीमा सरुवा हुने प्रत्येक इन्स्पेक्टरका लागि ३ लाख रुपैया“ घुसको रेट कायम गरेको चर्चा चलेको छ । यसरी १ सय ६ वटा बीओपीमा सरुवा हुनेहरुसंग करोडौं रकम असुली स्रोत  बताउछ । 

डीआईजीपी श्रेष्ठको जागिर अवधि अब ४ महिना मात्र बाँकी छ । उनी २०७६ पुसमा अवकाश हुँदैछन् । जागिरबाट अवकाश हुने बेलामा इन्स्पेक्टरको सरुवाबाट मात्रै शुभलाभ लिन डीआइजी श्रेष्ठको लागेको चर्चा  छ । उनी शक्तिकेन्द्रलाई  रिझाएर अझै पनि एक एआइजीको दरबन्दी थप गर्न सकिन्छ कि भनेर लागि नै रहेको चर्चा पनि छ । यद्यपि सशस्त्रमा एआइजीको दरबन्दी थप हुने संभावना अति कम रहेको गृहका अधिकारी बताउ“छन् ।

करीब ७६ हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ३ वटा एआइजीको दरबन्दी छ । सशस्त्रको संख्या ३७ हजारमात्र छ । त्यहाँ  पनि एआइजीको दरबन्दी ३ वटै छ । त्यही भएर पनि सशस्त्रमा एआइजीको दरबन्दी थपिने संभावना कम रहेको बताइन्छ ।

आइजीपी खनाल पनि दरबन्दी थप गरी सुरजकुमार श्रेष्ठलाई एआइजी बढुवा गर्न दौडधूपमा लागेका थिए । तर, गृहमन्त्रालयको नेतृत्वले साथ नदिएपछि उनी अहिले श्रेष्ठलाई नै अगाडि बढ्न उक्साउँदै हरेक किसिमले सहयोग गर्न तल्लिन रहेको स्रोत  बताउछ ।