🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मतपेटिकाको सुरक्षा : उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताको निगरानी बाहिर राख्न दिइन्न– अध्यक्ष ओली

काठमाडौं, मंसीर २ । नेकपा एमालेले आफ्ना उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको आँखाबाट ओझेल पर्ने गरी मतपेटिका राख्न नसकिने बटमलाईन सुनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको उम्मेदवार, उनका प्रतिनिधि र कार्यकर्ताको घेरा भन्दा बाहिर मतपेटिका राख्न नदिने बटमलाइन सुनाएका छन् ।

निर्वाचन आयोगसँग पर्याप्त सुरक्षा ब्यवस्था मिलाएर मतपेटिकाको सुरक्षा गर्ने सहमति भइसकेको छ । पछिल्लो समय सरकारले सुरक्षा निकायको जिम्मा लगाएर बैधानिक धाँधली गर्ने योजना बनाइरहेको सूचना पाएपछि एमालेले उम्मेदवार र उसका प्रतिनिधिको निगरानीभन्दा बाहिर मतपेटिका राख्न नसकिने प्रष्ट पारेको हो ।

‘मतदान सकिएप्छि मत रहेको बाकसको सुरक्षा हाम्रो आँखा अगाडि हुनुपर्छ, हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुराहरुलाई हामी स्वीकार गर्दैनौं, त्यो कुरा अहिलेदेखि हामी स्पष्ट गर्न चाहन्छौं,’ टेलिभिनज र अनलाइनका सम्पादक तथा सञ्चालकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले भनेकान हुन् । उनले मतपेटिकाको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने प्रष्ट अडान पनि सुनाए । ‘सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरिवर्तनीय मान्यता छ, हाम्रो उम्मेदवार, हाम्रो उम्मेदवारको  प्रतिनिधिको आँखा ओझेल पर्ने गरी या उसको सहमति बेगर कसैले उठाउने, कतै राख्छु भन्ने कुरा गर्न मिल्दैन,’ ओलीको भनाई छ । उनले मतपेटिकाको सुरक्षालाई आफूहरुले विशेष ध्यान दिएको पनि बताए ।

  ‘हाम्रो उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको निगरानी र पहुँचभन्दा बाहिर मतपेटिका जान सक्दैन, उनीहरुको आँखाबाट बाहिर जान सक्दैन, मतपेटिकामा हात लगाउन कसैले पाउँदैन, मतपेटिका सिलवन्दी भएपछि निगरानीभित्र रहनुपर्छ, आँखाबाट ओझेल पारेर राख्न सकिदैन,’ ओलीले दोहो¥याएर भने, ‘बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुरा हामी स्वीकार गर्दैनौं, यो हाम्रो अपरिवर्तनीय अडान हो, यो भन्दा अरु कुरा स्वीकार गर्दैनौं ।’ उनले सुरक्षा निकायप्रति बिश्वास भएपनि मतपेटिकाको सुरक्षा उम्मेदवार, उसका प्रतिनिधि र पार्टी कार्यकर्ताले नै गर्ने प्रष्ट निर्णय सुनाए । सरकारले मतपेटिकालाई लक्षित गरी केही समय अघि मात्रै ५ सय भन्दा बढी प्रहरी निरीक्षक (इन्सपेक्टर) सरुवा गरेको थियो ।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता अघि बढ्नुका साथै अन्य बामपन्थी दलसमेत गठबन्धनमा सामेल भएपछि निर्वाचन हारिन्छ भन्ने निश्कर्षमा पुगी मतपेटिका हेरफेर गरेर चुनाव जित्ने सरकारको योजना रहेको सूचना सुरक्षा निकायबाटै आएको छ । सोही सूचनाका आधारमा एमाले अध्यक्ष ओलीले बाकसको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने बटमलाइन सुनाएका हुन् ।

एमाले ओलीले सरकारको पछिल्लो काम देश र स्थापित अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै लगाम लगाउन प्रधानमन्त्रीलाई सचेत गराए । ‘चुनाव गराउने दिन तोकेको सरकारले मुलुकको कानून, स्थापित अन्तर्राष्ट्रिय मान्यता बिपरीत गएर जथाभावी गरिरहेको छ, यो कुनै हालतमा स्वीकार्य छैन,’ ओलीले भने ।