🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रंग विरंग : ७७ वर्षे वृद्धाको मोडलिङ

दक्षिण एसियाकी एकजना ७७ वर्षीया वृद्ध महिला युवाहरूका निम्ति प्रेरणाको स्रोत बनेकी छिन् । यी महिला आफ्नो खुसीका लागि मोडलिङ भने गरेकी होइनन् । वास्तविकता भने अर्कै छ । कर्जामा डुबेपछि यी वृद्ध महिलाले यो उमेरमा मोडलिङ गर्न थालेकी हुन् । दक्षिण कोरियाली यी वृद्ध महिला चोई सून एक अस्पतालमा काम गर्थिन । उनले मोडल बन्ने आइडिया भने एक टिभी विज्ञापनबाट लिएकी थिइन ।

उनी फेशन आइकनका साथसाथै कोरियाकी सबैभन्दा वृद्ध मोडल पनि बन्न सफल भएकी छिन् । चोई सून सियोल फेशन विकमा ¥याम्प वाकमा आफ्नो प्रतिभा देखाएपछि चर्चामा आएकी हुन् । कर्जा धेरै रहेको र अस्पतालमा काम गरेर अतिरिक्त आम्दानी नभएपछि सूनले कर्जा तिर्न सकेकी थिइनन् । त्यसपछि उनले जीवनलाई परिवर्तन गर्ने सोच राखेर मोडलिङमा लागिन् । उनले सबैतिरबाट आफूलाई मायाँ प्राप्त भएको र सामाजिक सञ्जालमा पनि मानिसहरूले आफ्नो प्रशंसा गरेको उल्लेख गरेकी छिन् ।