🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रभु बैंकको १८८औँ शाखा ललितपुरको चापागाउँमा

 
ललितपुर, ५ साउन : गोदावरी नगरपालिका –१० चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा स्थापना गरिएको छ । सो बैंक स्थापना भएसँगै चापागाउँवासीले थप सेवा सुविधा पाउने भएका छन् । 

सो अवसरमा शाखाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चापागाउँमा बैंक स्थापना गर्न प्रचुर मात्रामा लगानी गर्ने वातावरण रहेको जानकारी दिए  । उनले भने , “उत्पादनमूलक एवं कृषि क्षेत्रमा गरिने लगानीबाट आर्थिक समृद्धि हुनेछ ।” 

सो बैंक सञ्चालनका लागि नगरपालिकाबाट सदैव आवश्यक समन्वय र सहयोग रहने महर्जनले प्रतिबद्धता व्यक्त गरे  । बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताए  । रासस