🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संविधान लिएर आएका छौ,विकासकालागि अवसर दिनुस : नेता खड्का

सुर्खेत, २९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले काँग्रेस संविधान लिएर जनताको घरदैलोमा आएको बताएका छन्  ।
 

कात्तिक २९ गते बुधबार अवलचिङ र मटेलामा भएको छुट्टाछुट्टै कार्यक्रमलाइ सम्बोधन गर्दै खड्काले अबको निर्वाचनमा काँग्रेसको नेतृत्व भए विकास निर्माणका कामलाइ निरन्तरता दिने बताएका हुन्  ।

 
२०६४ अघि र २०७० पछि नेपाली काँग्रेसको नेतृत्वमा सुर्खेतको पूर्वी क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै विकास निर्माणको निरन्तरताका लागि पनि काँग्रेसलाइ विजयी गराउन उनले मतदातासंग अपील गरेका छन्  ।

 
उनले जनमतको कदर गर्दै  कांग्रेसले २०७२ मा संविधान दिएको र  अबको एजेण्डा विकास निर्माण भएकोले त्यसलाई पूरा गर्न नेपाली कांग्रेसलाई मत दिन पनि आग्रह गरे  ।  
यसैबीच, मटेलामा भएको कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

 
अवलचिङ्गमा भएको चुनावी कार्यक्रम साविकको अवलचिङ्ग गाविसका काँग्रेस सभापति करसिं रानाको सभापतित्वमा भएको थियो भने मटेलाको कार्यक्रमसाविकको  मटेला गािवसका काँग्रेस सभापति बिरबहादुर जिसीको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण कोइराला, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दलगायतले आगामी निर्वाचनमा विकासको निरन्तरता दिने पार्टी काँग्रेसलाइ मतदान गर्न मतदातासंग अपील गरेका छन् ।

 
चौकुनेमा केस थानी र राज्यमन्त्री विष्ट
यसै बीचमा बुधवार सुर्खेत क्षेत्र नं. २ अन्तर्गत पश्चिम चौकुने गाउँपालिकाको गुटुमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले सम्बोधन गर्दै जिल्लामा विकासको लहर ल्याउन कांग्रेसले नै जित्नुपर्ने बताए  ।
 

कार्यक्रममा क्षेत्र नं. २ को प्रदेश ख का उम्मेदवार एवं सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले आफू सांसद भएपछि पश्चिमको विकासमा क्रान्ति आएको बताए  । उनले कांग्रेसले थालेको अधुरा विकासका कामलाई पूरा गर्नका लागि पनि यसपटक कांग्रेसले नै जित्नुपर्ने उल्लेख गर्दै मुलुकमा विकास गर्ने र शान्ति ल्याउने पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु पर्ने बताए  ।

कार्यक्रममा कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले विकास गर्नेलाई जिताउने कि विनाश गर्नेलाई जिताउने, छुट्याउने बेला आएको बताए । सो अवसरमा पूर्वमन्त्री शिवराज जोशी, खड्गबहादुर बस्याल, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, पदमदेव गिरी, कलाधर सापकोटा लगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आव्हान गरे । कार्यक्रम कांग्रेस गुटु सभापति मोहन थापाको अध्यक्षतामा भएको थियो ।

 
नगर भेला सम्पन्न
यसैवीच निर्वाचन क्षेत्र नं. २ को प्रदेश –क) अन्तर्गत वीरेन्द्रनगरका विभिन्न वडाहरुमा बुधवार कांग्रेसले चुनावी भेलाहरु गरेको छ । यसक्रममा वीरेन्द्रनगर ८ मा लालमति पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले अन्य पार्टीले कुरा मात्रै गर्ने तर कांग्रेसले काम बढी गर्ने भएकोले कांग्रेसलाई जिताउन आव्हान गरेका छन्  । कांग्रेस एक भएमा वाम गठवन्धनले कुनै फरक नपार्ने दावी समेत उनले गरेका छन् ।
 

कांग्रेस सुर्खेतका सभापति एवं निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) का उम्मेदवार कमलराज रेग्मीले कांग्रेस जितेमा विकास निर्माणको क्रान्ति ल्याउने दावी समेत गरेक छन्  । कार्यक्रममा समानुपातिक उम्मेदवार एवं कांग्रेस सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्लले पार्टीलाई जिताउन आग्रह गरे  । कात्तिक २९ गते बुधवार नै वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ र १० मा पनि चुनावी भेलाहरु भएका छन् । ती भेलाहरुमा कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन आव्हान गरिएको छ ।
नेपाल महिला संघको चुनाव प्रचार समिति
नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउने नेपाल महिला संघ सुर्खेतले पनि प्रचारप्रसार समिति गठन गरेको छ । नेपाल महिला संघ सुर्खेतकी  अध्यक्ष एवम् प्रदेश सभामा समानुपतिक सदस्य उम्मेद्वार पार्वती गिरीको अध्यक्षतामा ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ