काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) वासी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग कमिशन वापत घुस/रिसवत माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीबाट पक्राउ परेका छन्।
निज इन्जिनियर वासी अख्तर मोहम्मदलाई सेवाग्राहीसँग रू.४,००,०००।–(चार लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा पुतलीबजार वडा नं.१ स्थित इग्लिस वोर्डिङ स्कुल नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।



