🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छिट्छिट्टो  ‘लभ’ गर्नुस्’ : गर्भनर डा नेपाल

काठमाडौँ, १७ असार :  बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन् । 

    एक आपसमा गाभिनका लागि तयारी गर्ने लक्ष्यका साथ आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आयोजना गरियो । बैठकमा एक आपसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएका थिए  । 

    सोही निर्देशनानुसार वाणिज्य बैंकहरुले मर्जरका विषयमा अनौपचारिक तवरले छलफल तिव्र पारेका हुन् । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । वित्तीय स्थिरताका लागि बैंकको सङ्ख्या घटाउनुपर्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समान धारणा छ । 

    गर्भनर डा नेपालकै शब्दमा ‘मौद्रिक नीति अगावै ‘लभ’ गर्नुस्’ । गर्भरनको उक्त आग्रहपछि वाणिज्य बैंकहरु एक आपसमा कसरी मिल्न सकिन्छ भन्नेमा छलफल जारी राखेका छन् । बैंकर्स सङ्घ अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार आज सामान्य छलफल भएको हो । 

    त्यसो त यही असार १२ गते केन्द्रीय बैंकले वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सम्मिलित छलफल कार्यक्रम आयोजना गरेर मौद्रिक नीति अगावै मर्जरको विषयमा आवश्यक निर्णय गर्न आग्रह गरेको थियो । 

    मर्जरमा जान वाणिज्य बैंक तयार भए पनि उनीहरुले केही सुविधा राष्ट्र बैंकले दिनुपर्नेमा एकमत देखिएका छन् । बैठकमा सहभागी एक बैंकरका अनुसार केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्न आफूहरु तयार रहेको तर केही सुविधा भने उपलब्ध हुनुपर्नेछ ।

आजको बैठकमा समेत केन्द्रीय बैंकको निर्देशनलाई कार्यान्वयन गर्दै मौद्रिक नीति अगावै केही सैद्धान्तिक सहमति गर्ने विषयमा छलफल भएको बताइन्छ । वाणिज्य बैंकबीच हुन लागेको गाभिने प्रक्रियालाई राष्ट्र बैंकले ‘बिग मर्जर’को संज्ञा दिएको छ ।(रासस)