🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनको ग्वाङझाव विश्वविद्यालयद्धारा सुकमानलाई तालिम गराउने जिम्मेवारी

काठमाडौं । उमा कुङफु बूढानीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामालाई नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम गराउन चीनको ग्वाङझाव विश्वविद्यालयले जिम्मेवारी प्रदान गरेको छ ।

क्लबको आयोजनामा भएको लायन एन्ड ड्रागन डान्स तालिमको समापनका अवसरमा शुक्रबार उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले ग्वाङझाव विश्वविद्यालयबाट प्राप्त पत्र सुकमानलाई हस्तान्तरण गरे । १५ दिने तालिममा ५० खेलाडी सहभागिता थिए । उनीहरुलाई ग्वाङझाव विश्वविद्यालयका ग्रान्ड मास्टर लि डोङवियोले प्रशिक्षण दिएका थिए ।

सो अवसरमा गत डिसेम्बरमा थाइल्यान्डको फुकेटमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान पनि गरिएको थियो । स्वर्ण विजेता आयुब घिमिरे, सौन्दर्य गुरुङ, आर्यन राई, सुनबहादुर तामाङ र सियन तामाङ तथा रजतधारी चिराग पौडेल सम्मानित भए । त्यस अवसरमा लिलाई पनि सम्मान गरिएको थियो ।

उपप्रधान एवं रक्षा मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले पदक विजेतालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।