🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 हायातका मजदूरमाथिको कारवाही फिर्ता लेउ 

काठमाडौँ, ७ असार (रासस) : तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पु¥याएको भन्दै कारवाही गरेको छ । 

    होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्वन गरेको हो । ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र बेलसम्बा लामालाई सातदिने स्पष्टीकरण सोधिएको छ ।

    व्यवस्थापनले एकलौटी ढङ्गले मजदूर कर्मचारीमाथि कारवाही गरेको भन्दै तत्काल फिर्ता लिन आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालले माग गरेका छन्  । सङ्गठनको आजै बसेको बैठकले कारवाही फिर्ताका लागि होटल व्यवस्थापनलाई एक साताको समयसीमा दिएको छ । एक साताभित्र कारवाही फुकुवा नभए कडा सङ्घर्ष गर्न बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए  । 

    कानूनमा तोकिएको सेवासुविधा माग गर्दै होटलका मजदूर तथा कर्मचारी गत जेठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका थिए । मजदूर आन्दोलनमा गएसँगै व्यवस्थापनले होटल बन्द भएको घोषणा गरेको थियो । श्रम तथा रोजगार कार्यालय टेकुले व्यवस्थापन–मजदूर विवाद समाधान गर्न मध्यस्थता गर्ने जनाएपछि आन्दोलनरत मजदूर तथा कर्मचारी यही असार ४ गतेदेखि काममा फर्किएका थिए । 

    मजदूरलाई कारवाही गरिएको विषयमा जानकारी लिन खोज्दा होटल व्यवस्थापक सम्पर्कमा आएनन् । होटलमा रहेको सरकारी जग्गा र शेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत होटलको शेयर र जग्गा विवादका विषयमा अध्ययन गरिरहेको छ ।