🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चुरेसँगको खेलबाडले मरूभूमिकरण भइरहेको छ .: मुख्यमन्त्री राउत

जनकपुरधाम, ३० जेठ (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे क्षेत्रमा उत्खनन, सडक निर्माण र बसोबास वृद्धि चिन्ताको विषय भएको बताएका छन्  ।

आइ ओ एम यूएन माइग्रेशन नामक संस्थाद्वारा जेठ ३० गते जनकपुरधाममा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले  चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको प्रति ध्यानाकर्षण गराए  ।

चुरे क्षेत्रमा स्काभेटरले उत्खनन कार्य गर्नु अपराध भएको अवस्थामा पनि सुरक्षा निकायको मौनताले गम्भीर प्रश्न खडा गरेको चर्चा गर्दै उनले चुरेको विनाश प्रदेश नं २ को विनास हो भन्नेतर्फ संवेदनशील हुनु जरूरी छ भनेका छन्   ।

    उनले फितलो कानून र फितलो कार्यान्वयन गर्ने निकायका कारण प्राकृतिक  स्रोतको दोहनले विपद् निम्त्याउने क्रियाकलाप बढ्दै गएको उल्लेख गरे  ।

   आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासका नाममा चुरेको उत्खनन् र सडक निर्माण नै प्रदेश नं २ मा विपद्का कारक हो भने  ।

उनले विपद् व्यवस्थापन सन्दर्भमा प्रदेश सरकारले छिट्टै प्राधिकरण गठनका लागि ऐनमा संशोधनको गृहकार्यमा लागि परेको बताए  । 

कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् व्यवस्थापन जोखिम न्यूनीकिरण तथा व्यवस्थापन विज्ञ डा गङ्गालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधान र मनसुन पूर्वतयारी बारे जानकारी गराएका थिए  ।
–––