🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

काठमाडौँ, २४ जेठ (रासस) : संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ ।

सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी छन् ।

तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) पनि बालकको बालविवाह हुने गरेको छ । सो हैसियतमा नेपालमा दशौँ स्थानमा छ । नेपालमा बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गर्छ ।

 
अध्ययनअनुसार विश्वभरि कूल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । बालविवाह हुनेमा धेरैजसो बालिका छन् । त्यस्तै २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसका लागि उनीहरू तयार भएका हुँदैनन् । बालविवाह भएका बालकले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुन्छन् ।”