🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 नेपाल स्वास्थ्यकर्मी संघमा निरङ्कुश शैली !

काठमाडौं । नेपाली काङग्रेस पार्टीको जस्तो बेथितीको अवस्था छ त्यस्तै नेपाली काङग्रेस पार्टीका शुभेच्छुक संस्थाहरुको पनि रहेको छ । नेपाल ट्रेड यूनियन काङग्रेससंग आबद्द नेपाल स्वास्थ्यकर्मी संघको अबस्था अस्तब्यब्यस्त रहेको स्रोत बताउछ । बिगत एक दशकदेखि अध्यक्ष पदमा रहेका रामजी घिमिरेले पद भजाएर कमाइ खाने भाँडो बनाएको गुनासो रहेको छ । एक बर्ष अगाडि अधिबेशन गरिसक्नु पर्ने बाध्यतालाई कानमा तेल हाली हाल आफू चाहिं कर्मचारी समायोजनमा संघमा परे पश्चात अधिबेशनको हल्ला चलाएका छन । ऎन कानूनलाई मतलब नगर्ने रामजी अहिले पनि दुइ ट्रेड यूनियनको अध्यक्ष आफै भएका छन । 

 नेपाल ट्रेड यूनियन कानून अनुसार श्रम तथा रोजगार प्रबर्ध्दन बिभागमा दर्ता भएको दर्ता नं १४३ नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्ष पनि स्वयं रामजी घिमिरे रहेका छन भने नेपाल सरकारको कर्मचारीले प्रतिष्ठान स्तरको ट्रेड यूनियनको जिम्मा पनि लिएका छन भने दर्ता नं २७२ रहेको निजामती सेवा एैन अनुसार दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्ष पनि रामजी घिमिरे नै रहेका छन ।

यसै गरी एैन कानूनलाई तिलान्जली दिएर पदको दुरुपयोग गरिरहेका छन ।अरुलाइ बिधान निर्देशिका बनाएर अर्ति दिनै रामजी  आफैले बिधानको खिल्ली उडाएका छन । उनले बनाएको बिधानमा बैठकमा लगातार तीन पटक अनुपस्थित भएमा अधिबेशनमा उम्मेदवार हुन नपाउने नियम बनाउने रामजीले भक्तपुर भेला भन्दा त्यस पश्चात पूर्ण कोरमको केन्द्रीय समितिको बैठक बसाउन सकेका छैनन। 

 गतबर्ष २०७५ बैशाख २८ गते सबै जिल्लालाई अधिबेशन गर्न दश दिने सूचना दिएकाेमा छ वटा फारम भर्न लगाएर स्वास्थ्यकर्मीलाई अन्योलमा पारेका मेलबाट मात्र पठाउन उर्दि जारी गरेकोमा पछि आफू अनुकूल प्रतिनिधि ल्याउन सादा कागतमा हातले लेखेकोलाई पनि स्वीकार गरेकाछन । अफिसमा भएको नेटमा अरुलाइ पहुँच नदिएर कब्जा जमाएका छन । 

 पहिला याहु मेल ठेगाना भएकोमा महासचिव लगायतका साथीले थाहा पाए भनेर अहिले मेलको ठेगाना समेत गोप्य राखिएको छ । पोखरा अधिबेशनको पचास लाख रुपैयाँ झ्वाम पारेका अहिले पनि संघको घाटा आठ लाख रहेको देखाइ रहेका छन । 

 एउटा कोठा भाडा लिएर अफिस चलाएकोमा अन्य कुरामा अनाबश्यक बिल बढाएर पैसा खानु स्वभाबिकै हो तर बिजुलीमा समेत मासिक सत्र हजार को बिल देखाएर रकम खाने गरेकाे आरोप लागेको छ  । 

 महिला स्वास्थ्य स्वयंसेविका र नेपाल स्वास्थ्यकर्मी संघ पब्लिक सर्भिस इन्टरनेशनलको आबद्दता लिएर बिभिन्न  कार्यक्रम सन्चालन गर्न ठूलो रकम अनुदान ल्याएतापनि उक्त रकम अलग खातामा राखेर संघमा केही देखाएका छैनन। समितिको महत्वपूर्ण पद महासचिव र कोषाध्यक्षलाइ पनि बिदेशबाट आउने अनुदान रकमको अत्तोपत्तो  नभएको अबस्था छ ।

महिला स्वास्थ्य स्वयंसेविका निजी क्षेत्र सबैको संयुक्त संघ भनिएतापनि संघको नाम बेचेर बिदेशी अनुदान ल्याउने बाहेक संघको उपस्थिति सन्तोषजनक छैन । अन्तर्राष्ट्रिय  नारी दिवस बिश्व मजदूर दिवस र नेपाल ट्रैड यूनियन काङग्रेसद्वारा आयोजित जुलुशमा महिला स्वास्थ्य स्वयंसेबिका समूहको उपस्थिति न्यून रहने गरेको छ भने निजी क्षेत्रको ठूलो ट्रेड यूनियनको नेत्रित्व मेघराज खड्काले गरेर यूएनआइमा आबद्दता गराइ सकेको अबस्था छ । 

 प्रजातन्त्रिक पार्टीको शुभेच्छुक संघ प्रजातान्त्रिक  बिधिले चल्नु पर्नेमा निरङकुश शैलीले एकजना ब्यक्तिले मात्र मनोमानी ढंगले चलाएको अवस्था छ । समान्यतया बिज्ञप्ति पत्र महासचिवबाट प्रेशित हुनु पर्नेमा अध्यक्षले नै सबै काम गर्ने गरेको अबस्था छ । 

 आपतकालीन अबस्था बाहेक एक हप्ता पन्ध्र दिन अगाडि बैठकको सूचना दिनुपर्नेमा बिहान आठ बजे नौ  बजे बैठकको सूचना राणाकालीन शैलीमा उर्दि जारी  गरेर प्रजातान्त्रिक मर्मलाइ तिलान्जलि दिएको अबस्था छ । 

 संघको मर्यादित पदमा पदमा बसेर संघलाई सशक्त कृयाशील बनाएर हाल पार्टी  प्रतिपक्ष भएको अबस्थामा राष्टिय मुद्दामा सबैको ध्यानाकार्षण बनाउनु पर्नेमा  संघको पदलाइ देखाएर प्रोजेक्ट चलाउने रकम उठाउने कार्यक्रम चलाउने एक कम्पनी  वा संघलाई मागिखाने भाडो बनाइएको छ । 

संघलाइ सशक्त बनाउनु पर्नेमा संघलाइ एक ब्यक्तिको एनजिओ बनाएको बिषयमा नेपाली काङग्रेस पार्टी  नेपाल ट्रेड यूनियन काङग्रेसलगायत सरोकारवाला निकायलाई  जानकारी गराउने समयमा नसच्चिएमा अदालतमा जाने तयारी असन्तुष्ट पक्षले गरेको जानकारी प्राप्त भएको छ।

       नेपाल स्वास्थ्यकर्मी संघको नाममा स्वदेश तथा बिदेश तालिममा पनि पैसा लिएर मात्र मनोनयन गर्ने गरेका छन । खास गरी नारायण आचार्य, टिका पनेरु, कमल  भट्टराई लगायतलाइ श्रोत संकलन गर्न लगाउने उनीहरुलाई नै बढी अबसर दिने गरेको आरोप पीडित पक्षको रहेको छ  ।