🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  धम्क्याएर रकम माग्ने २ पक्राउ  

काठमाडौं, ११ जेठ ।  अपहरण तथा गोली हानी मारी दिन्छु भनी धम्क्याउँदै रकम माग गर्ने २ जनालाई जेठ ९ गते बिहीबार महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली टीकापुर नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने २४ वर्षीय लोकेन्द्र बहादुर शाही र कैलाली टीकापुर नगरपालिका-९ बस्ने २० वर्षीया रुबी ठाकुर रहेका छन् ।

उनीहरुले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ४२ वर्षीय सिताराम कार्कीलाई विभिन्न फोन नम्बरहरुबाट एसएमएस गरी नगद ५ लाख रकम माग गर्नुका साथै उक्त रकम नदिए निजको छोरालाई अपहरण गरी गोली हानी मारी दिन्छु भनी धम्की दिएको सूचना प्राप्त हुनासाथ सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । साथै धम्काउन प्रयोग गरेको मोबाइल र सिम कार्ड समेत प्रहरीले बरामद गरेको छ ।