🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आमरण अनशनरत् नर्सको अवस्था गम्भीर

काठमाडौँ, ८  जेठ (रासस) : नेपाल नर्सिङ सङ्घ र नर्सिङ एशोसियशन अफ नेपालले १३ दिनदेखि आमरण अनशनरत् नर्सद्वय दिक्की शेर्पा र जीता बरालको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

    यहाँ जेठ ७ गते  आयोजित पत्रकार सम्मेलनमा अनशनरत नर्सहरुको स्वास्थ्य स्थिति गम्भीर रहेको जानकारी दिइयो । कार्यक्रममा हरेक अस्पतालको जनरल वार्डमा ५० बिरामीलाई ८ जना नर्सले हेरचाह गर्नुपर्ने बाध्यता भएकाले उत्कृष्ट सेवा दिन नसकेको बताउँदै उनीहरुलाई सरकारी तथा निजी अस्पतालले रु ३ हजारसम्म दिएर स्वंयसेवकका रुपमा काममा लगाउने गरिएको नर्सहरुको गुनासो थियो ।

    स्नातकोत्तर उत्तीर्णहरु पनि स्टाफ नर्सको रुपमा काम गर्नुपर्ने अवस्था रहेको, नीति निर्माण तहमा पनि सहभागिता जनाउनुपर्ने तथा उनीहरुको माग पूरा गर्नुपर्ने सो अवसरमा जानकारी दिइयो । हाल देशभर ८४ हजार नर्स रहेकोमा १७ हजारले मात्र जागिर पाएको सो अवसरमा जानकारी दिइयो । 

    सङ्घका अध्यक्ष तारा पोखरेलले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आठ बिरामीलाई एक जना नर्स राखिएकाले पर्याप्त सेवा दिन नसकेको बताइन्  । उनले कार्यस्थलमा नर्सको सुरक्षा हुने व्यवस्था गर्न सरकारसँग माग गरिन्  ।

नर्स सम्झना डङ्गोलले देशका हरेक स्वास्थ्य चौकीमा चार जना नर्स हुनुपर्ने माग गरिन् । नर्स कविता आचार्यले नर्सिङ पढ्ने विद्यार्थीले रु चार देखि रु १२ लाखसम्म खर्च गरेको भए पनि न्यून तलब दिएर स्वंयसेवकसरह काममा लगाइने गरेको गुनासो गरिन् । 

    नर्सिङ युनियनका अध्यक्ष जानकी केसीले आफूहरुको १० बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै अनशनमा रहेका दुई जना नर्सको स्वास्थ्यस्थिति गम्भीर रहेकाले उनीहरुको माग पूरा गर्न  सरकारले ध्यान दिनुपर्ने बताइन्  ।

नर्स रोशा श्रेष्ठले अहोरात्र खटिएर स्वास्थ्य सेवा उपलब्ध गराउने नर्सको मानव अधिकार रक्षा गर्न सरकारसँग आग्रह गरिन् ।