🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गैँडाको आक्रमणमा तीन घाइते

राजापुर, १४ भदौ (रासस) : बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । 

   भदौ १४ गते  बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो ।

आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ । 

आक्रमणबाट बारबर्दिया नपा–४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा–५ का ६५ वर्षीय जङ्गली थारु र १० वर्षीया शिखा थारु घाइते भएको वडा नं– ४ का वडाध्यक्ष मानबहादुर थारुले बताए  । प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जङ्गली र शिखाको अवस्था गम्भीर रहेको जानकारी दिए  ।