🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आगामी आर्थिक वर्षभित्र  मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने

काठमाडौँ, २० वैशाख : लामो समयदेखि समस्याको उल्झनमा फसेको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । इटालीको ठेकेदार सिएमसीले अलपत्र छाडेको सो आयोजनालाई सम्पन्न गरी राजधानीवासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने सरकारले लक्ष्य राखेको छ ।

 
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा पेश गरेको  सरकारको नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख गरेकी छिन् । सो खानेपानी आयोजनाको भौतिक निर्माण ९० प्रतिशतमाथि भए पनि निर्माण व्यवसायीले छाडेर हिड्दा थप समस्या पैदा भएको हो । कुन ढाँचमा कसरी आयोजना अगाडि बढाउने र सम्पन्न गर्ने विषयमा छलफल जारी छ । 

बुढीगण्डकी अगाडि बढाइने 

सरकारले आगामी आर्थिक वर्षभित्र राष्ट्रिय गौरवको अर्को आयोजना बुढीगण्डकीलाई समेत अगाडि बढाउने भएको छ । फ्रान्सेली कम्पनी ट्याक्टबेलले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको सो आयोजना सरकारले बनाउने वा विदेशी लगानीकर्ता खोज्ने भन्ने अन्यौलमा लामो समय बस्यो । पछिल्लो पटक वर्तमान सरकारले सो आयोजनाको उपयुक्त ढाँचा खोज्ने गरी एक चिनियाँ कम्पनीसँग छलफल गर्ने अख्तियारीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अख्तियारी दिएको थियो ।

कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाका प्रभावितलाई हालसम्म रु २० अर्ब बराबरको मुआब्जा वितरण भइसकेको छ । केही स्थानमा मुआब्जा निर्धारण हुन नै बाँकी रहेको छ । उपयुक्त ढाँचाको खोज गरी सो आयोजनालाई निर्माण गर्ने विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ ।  यस्तै  आगामी चार वर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पु¥याउने विषयलाई समेत सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ

। 

सरकारले उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पु¥याउने निर्माणाधीन विद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गर्ने विषयलाई समेत कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्ग र रसुवागढी–काठमाडौँ–वीरगञ्ज कोरिडोरमा ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिइनेसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।  (रासस)
–––