🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अभिलाषा र इलिनाको जोडी फाइनलमा

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र भारतकी इलिना झाको जोडी केशा ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ को गल्र्स डबल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

    सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र इलिनाको जोडीले नेपालका इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गर्दै भारतका वैश्नवी अड्कर र हर्साली मान्दभ्करको जोडीसंग उपाधि भिडन्त पक्का गरे । अर्को सेमिफाइनलमा वैश्नवी र हर्सालीको जोडीले भारतकी प्राची मन्त्री र नेपालकी सलोनी तामाङको जोडीलाई ६–२ र ६–० को सीधा सेटमा हराएका थिए ।

    ब्वाइज डबल्समा नेपालका निशान श्रेष्ठ र आदित्य सुवेदीको जोडीले भारतका हरिशरण बास्करण र सिवसामी रामालिङगम नाथिन रामको जोडीलाई ६–२ र ६–३ तथा भारतका अनर्घा गांगुली र लेस्टन भाजको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सम्प्रित शर्माको जोडीलाई ६–१ र ६–३ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

    अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिवसामी रामालिङले नेपालका निशान श्रेष्ठलाई ७–५ र ६–०, नेपालका आदित्य सुवेदीले नेपालका श्रीयोग अधिकारीलाई ६–० र ६–०, भारतका अनर्घा गांगुलीले भारतका हरिशरण बास्करणलाई ६–० र ६–० तथा भारतका लेस्टन भाजले भारतकै सम्प्रित शर्मालाई ६–१ र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

    गल्र्स सिंगल्समा नेपालका अभिलाषा विष्ट क्वाटरफाइनलमा पुगिन् । पहिलो सेटमा अभिलाषा ३–० ले अगाडि छँदा प्रतिद्वन्द्वी नेपालकै सुभांगीलक्ष्मी शाह रिटायर्ड हर्ट भएकी थिइन् ।

गल्र्स सिंगल्सको अन्य खेलमा भारतकी हर्साली मान्दभ्करले नेपालकी रायना शाहलाई ६–२ र ६–०, भारतकी प्राची मन्त्रीले नेपालकी इशाश्री शाहलाई ६–० र ६–० तथा भारतकी वैश्नवी अड्करले भारतकै इलिना झालाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।