🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाराका हावाहुरी पीडितलाई दुई महिनाभित्र सेनाको घर  

काठमाडौं, २०७६ बैशाख १७  गते। उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेलले  २०७६ बैशाख १६ गते बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन 'जनता आवास' (बारा र पर्सा जिल्ला) को स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय जनप्रतिनिधि र हावाहुरी पीडितसँग अन्तरक्रिया गरेका छन्।

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा  उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रका विभिन्न १२ ठाउँमा नेपाली सेनाले १२ वटा समूह बनाएर एकै पटक घर निर्माणको काम थालनी गरि आउँदो वर्षा अगावै सम्पन्न गर्ने बताएका छन्  ।

हावाहुरी प्रभावितका लागि नेपाली सेनाले गर्न लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत कुरा तथा राजनीतिक दवावले प्रभाव नपार्ने समेत उनले बताए ।

सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार हावाहुरीबाट पिडित प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर निर्माण गरिने बताएका छन्।  

सो  निरीक्षण भ्रमण कार्यक्रममा रक्षा सचिव  रेश्मीराज पाण्डे, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीबृन्द,  उपप्रधान तथा रक्षामन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाका अधिकृतहरु, हावाहुरी पीडित र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।