🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अष्ट्रेलिया जाँदै गर्दा वार्नरनले हैदराबादलाई जिताए, पञ्जाब ४५ रनले पराजित

काठमाडौं, १७ वैशाख- इण्डियन प्रिमिययर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदराबादले किंग्स इलाभेन पञ्जाबलाई ४५ रनले हराएको छ । जितसँगै हैदराबादले प्लेअफमा पुग्ने सम्भावना बनाएको छ भने पञ्जाबलाई मुश्किल छ । 

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल तयार पार्यो । उसका लागि डेभिड वार्नरले सर्वाधिक ८१ रन बनाए । त्यस्तै मनिस पान्डेले ३६ र ऋद्धिमान शाहले १३ बलमा २८ रन बनाए । 

\"\"

पञ्जाबका लागि कप्तान रविचन्द्रन आश्विन र तेज गतिका बलर मोहम्मद शामीले समान २/२ विकेट लिए । त्यस्तै मुरुगन आश्विन र अर्शदीप सिंहले समान १/१ विकेट लिए । अर्का आफगानिस्तानका स्पिन बलर मुजीब उर रहमानले भने ४ ओभरमा ६६ रन दिए । यो आईपीएलमा कुनै पनि स्पिन बलरले दिएको सर्वाधिक रन पनि हो ।

यता दुई १३ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको पञ्जाबले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा मात्र एक सय ६७ रन बनायो । पञ्जाबका लागि लोकेश राहुलले ७९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । उनीसँग अरु कुनै ब्याट्सम्यानले साझेदारी गर्न नसक्दा अन्ततः पञ्जाबले हार बेहोरेको हो । 

\"\"

पञ्जाबलाई कम स्कोरमा रोक्न राशिद खान र खलील अहमदले समान ३/३ विकेट लिए । त्यस्तै सन्दीप शर्माले २ विकेट लिए ।