🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने

काठमाडौँ, २१ कात्तिक : बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ ।

बूढानीलकण्ठको मूल सडकमा दुवैतिर वृक्षरोपण गरिएको छ । यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको सहकार्यमा गोल्फुटार, बूढानीलकण्ठ सडक खण्डको दायाँबायाँसमेत बिरुवा रोप्ने काम गरिएको बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलका स्वकीय सचिव सुस्मित खरेलले जानकारी दिए  । नगरपालिकाले वडा नं १ र २ मा महिला समूहको सक्रियतामा फोहर उत्पादन घटाउनका लागि परियोजना पनि सञ्चालन गरेको छ ।

यस्तै शिक्षासम्बन्धी सबै काम नगरपालिकाबाट गर्नका लागि अहिले शैक्षिक तथ्यांक संकलन भइरहेको छ । नगरपालिकाले १३ वटै वडामा वडा कार्यालय पनि स्थापना गरेको छ । यसअघि छ वटा वडामा मात्र कार्यालय थियो ।

सुस्मितका अनुसार संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई उपयोग गर्नका लागि विभिन्न विभिन्न योजना बनाइएको छ । यस्तै नगरपालिकाले गत वर्षभन्दा ३ प्रतिशत चालु खर्च कम गरेको छ । गत वर्ष २८ प्रतिशत रहेको चालुखर्च अहिले २५ मा झारिएको हो ।

यसैगरी वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले वडामा ढल निर्माण र बाटो मर्मतलाई प्राथमिकता दिइएको बताउनुभयो । सोअनुसार साततलेदेखि मिलनचोकसम्म ग्राभेल गरिएको छ ।

वडाकै सुन्दरटोल, बालुवाखानीमा ग्राभेल हाल्ने काम सम्पन्नसमेत भएको उनले बताए  । उनका अनुसार वडाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनका लागि विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्ने योजना ल्याइएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा नेपाल मेडिकल कलेजसंँगको सहकार्यमा वडाभित्र एक घर, एक डाक्टर अभियान सञ्चालन गरिने भएको छ ।

उनले फ्रिवाइफाइ, बाल स्याहार केन्द्र र युवा लक्ष्यित कार्यक्रममा अनुदान दिने काम पनि भइरहेको जानकारी पनि दिए  । (रासस)

–––